पर्यटकलाई रसुवागढी र तातोपानी नाकाबाट नेपाल प्रवेश गर्न रोक

पर्यटकलाई रसुवागढी र तातोपानी नाकाबाट नेपाल प्रवेश गर्न रोक

१५ माघ, काठमाडौं ।
चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा संक्रमण रोक्न रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।

चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘अहिले बाटो पनि अफ्ठ्यारो छ, त्यसैले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको हो ।’

कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल प्रवेशमा रोक लगाईएको हो ।चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.