१५ माघ, काठमाडौँ ।
नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजयकुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । कार्यबाहक राजदूत अजयकुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् ।
आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन । भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका छन ।
नेपालकालागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि नयाँ राजदूत नियुक्त भएका छ्रैनन् । यद्यपी भारत सरकारले नेपालकालागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफारिस गरेको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।