शैक्षिक स्तरीयताका लागि हाजरीजवाफ

शैक्षिक स्तरीयताका लागि हाजरीजवाफ
 सिरहा,३ चैत । सामुदायिक एजुकेशनल नेपाल सिरहाले शनिवार यहाँस्थित एक दिवसीय हाजरीजवाफ  प्रतियोगीता सम्पन्न गरेको छ ।
स्तरीय विद्यार्थी बनाउनका लागि विद्यार्थी लक्षित सिकाई क्रमलाई जोड दिनुका साथै अतिरिक्त क्रियाकलापमा जुट्नुपर्ने जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए । उनले जिल्लाको अन्य विद्यालयहरुमा अतिरिक्त क्रियाकलापलाई निरन्तरताको खाँचो रहेको औंल्याए ।
मानसिक तथा शारिरिक सन्तुलनताका लागि विद्यालय स्तरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत योग अभ्यासमा जुट्नुपर्ने सगरमाथा उच्च माध्यमिक विद्यालयका संचालक प्रदिप तिवारीले बताए । उनले मानसिक र शारिरिक सन्तुलन विना स्तरीय शिक्षा आर्जन गर्न सक्छ भन्नु सपना मात्र हुने भएकाले योग अभ्यासको माध्यमले शिक्षा क्षेत्रलाई बलियो बनाउन सकिने तर्क गरे ।
सामुदायिक एजुकेशनल नेपालका सिरहा अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा अवकास प्राप्त प्राचार्य रामवृक्ष ठाकुर, विभिन्न पब्लिकेशनहरुको प्रतिनिधित्व गर्दै श्रवण कुमार यादव र अरुण शर्मा लगायतले शिक्षाको महत्व दर्साउदै आ–आफ्ना मन्त्वय राखेका थिए ।
जिल्लाका २४ नीजि विद्यालयका ६० जना छात्र÷छात्रा सहभागीता रहेको प्रतियोगीतामा नेपाल पब्लिक एकेडमी लहकन्हाँका दिनेश कुमार कामति प्रथम, एम्बीसन एकेडमी सिरहाका देवऋषि कुमार यादव दोश्रो, सनराइज र्बोडिङ्ग स्कूल विष्णुपुर प्र.मका विपना कुमारी यादव तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । एक सयमा दिनेश, देवऋषि र विपना क्रमश ९५, ८५ र ८२.५ मार्क ल्याएको निर्णायक समिति तथा संस्थाका कोषाध्यक्ष दिनेश यादवले बताए । अन्य ७ जनाले शान्त्वना पुस्कार पाएको उनले भने,‘पुरस्कृत हुनेहरुलाई प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएका छन् ।’
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.