×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती

१९ माघ २०७६

१९ माघ, महोत्तरी ।

मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध गराउन नसक्दा आंशिक रकम भुक्तानी बाँकी रहेको जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग) ले जनाएको छ ।

Advertisement
Advertisement

‘हामीले बैंक खाता उपलब्ध गराउनुभएका सबै किसानको पुरानो बक्यौता खातामा पठाइ सकेका छौँ’, उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासले भने, ‘केही किसानको बैंक खाता प्राप्त हुन बाँकी रहेकाले भुक्तानीमा समस्या भएको हो ।’ बैंक खाता उपलब्ध हुनेबित्तिकै उद्योग भुक्तानीका लागि तयार रहेको दासको भनाइ छ । पुरानो भुक्तानीका लागि बैंक खाता खोल्ने र उद्योगमा खाता नम्बर उपलब्ध गराउने कार्यमा सहयोग गर्न किसान र किसानसम्बद्ध संस्थालाई आग्रहसमेत गरिएको दासले जानकारी दिए ।

यसपाली गत पुस १३ गते उखु क्रसिङ थालेको उद्योगले पुस २५ गतेसम्मको भुक्तानी दिएर अहिले दोस्रो पाक्षिकको रकम पनि धमाधम किसानको खातामा पठाउन थालेको छ । ‘हामीले क्रसिङ शुरु भए यता पहिलो पाक्षिक भुक्तानी पनि गरिसकेका छौँ’, दासले भने, ‘अब दोस्रो पाक्षिकको भुक्तानी पनि आजबाटै किसानको खातामा जान थालेको छ ।’

उद्योगले सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानका प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगमा बुझाइएको उखुको प्रत्येक १५/१५ दिनमा भुक्तानी दिन थालेको दासको भनाइ छ । उद्योगले यसपाली गत पुस २५ गतेसम्मको पहिलो पाक्षिकको भुक्तानी दिएर अहिले त्यसयता माघ ६ गतेसम्मको दोस्रो पाक्षिकको भुक्तानी धमाधम दिइरहेको जनाएको हो । गत पुस १३ गते क्रसिङ थालेको उद्योगले माघको दोस्रो सातासम्म १३ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।

उद्योगले यसपाली भुक्तानीमा तदारुकता देखाएको जिल्ला उखु उत्पादक कृषक सङ्घले पनि स्वीकार गरेको छ । ‘उद्योगले गत वर्षको बाँकी रकमसँगै यसपालीको पनि पहिलो पाक्षिक भुक्तानी ग¥यो’, सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले भन्नुभयो, “बैंक खाता नभएर भुक्तानी अल्झिएका किसानको बैंक खाता मिलाएर भुक्तानी माग्ने तयारी गरिएको छ ।’ समयमा खेतीसम्बन्धी सुविधा र भुक्तानी नपाएर विरक्तिएका किसान उद्योगले देखाएको तत्परताबाट उत्साहित भएका कुशवाहा बताउँछन् ।

उद्योगबाट पाउनुपर्ने भुक्तानी पाइए पनि सरकारले दिने अनुदानवापतको रकम भने गत वर्षको पनि नपाइएको सङ्घले जनाएको छ । ‘सरकारले अनुदानवापत प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराउनुपर्ने हो’, कुशवाहाले भने, ‘यसको झण्झटिलो र खर्चिलो प्रक्रिया बनेको हुँदा किसान पनि रनभुल्ल परेका छन् ।’ जिल्लामा गत वर्षको २१ लाख ३६ हजार क्विन्टल उखुको अनुदान किसानले नपाएका सङ्घले जनाएको छ ।

जिल्लाको मुख्य नगदेबाली मानिने उखुबालीको भुक्तानी समयमा नपाएका हुँदा बर्षेनी उखु खेती घट्दै आएको देखिन्छ । पछिल्लो तीन वर्षको उखुखेतीको अवस्था हेर्दा यसपाली उखुखेतीको क्षेत्रफल दुई वर्षअघिको भन्दा आधाले घटेको छ । विसं २०७४ मा १६ हजार ५०० बिघामा रहेको उखुखेती २०७५ मा ११ हजार र यसपाली २०७६ मा सात हजार ५०० बिघामा झरेको हो । यसपाली अहिले कटान भइरहेको मध्ये चार हजार ५०० बिघामा खुट्टी उखु रहेको हुँदा अर्को वर्ष उखुखेती झनै घट्ने कुशवाहा बताउँछन् ।

यसपाली उखुको भुक्तानी समयमै गर्न सरकारले देखाएको तत्परतासँगै उद्योगले पनि तदनुरुप पहलकदमी लिएको किसान स्वीकार गर्छन् । यद्यपि तयार उखुको चाँडै भुक्तानी पाउने कुराले मात्र खेती फस्टाउन नसक्ने बर्दिवास–१२ का किसान रामविलास सिंह बताउँछन् । ‘खेतबारीको खनजोतदेखि नै उद्योग र किसानबीच समन्वय र सहकार्य बन्नुपर्दछ’, सिंहले भने, ‘बिउ, मल, गोडमेल र सिँचाइसम्मका कुरामा उद्योगका कृषि प्राविधिक किसानसँग सोझो सम्पर्कमा हुनपर्छ, खेतीमा आवश्यकपर्ने खर्चको निब्र्याजी ऋण किसानले पाउनुपर्छ ।’ अनि क्रसिङ पनि मङ्सिर दोस्रो सातादेखि खोल्नुपर्ने सिंहको थप भनाइ छ ।

Advertisement

– गोपालप्रसाद बराल/रासस

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top