चार जना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चार जना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

२० माघ, विराटनगर ।
मोरङको उर्लाबारी नगरपालिका–१ स्थित कान्छी चौकमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान कान्छी चौक स्थित भित्री सडक–खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१७प ७९४ नं.को मोटरसाईकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ७५५६९मधुमल्ला चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका–६बस्ने २६ वर्षीय डेकेस बि.क, पछाडी सवार उनकी श्रीमती २० वर्षीया सिर्जना बि.क, ३ वर्षीया छोरी प्रतिक बि.क.र सासु आमा ४३ वर्षीया कल्पना ठंटाल बि.क.घाईते भएका थिए ।

घाईते चारै जनालाई उपचारको लागि बिराटनगर नर्सिङ होम ल्याईएकोमा बिहान ११ बजे प्रतिक बिकको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस चालक झापाको झापा गाउँपालिका–६ घर भई हाल मोरङ उर्लाबारी बस्ने ४१ वर्षीय गंगाराम पौडेल र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कायाइलय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.