सुन्दर हरैँचामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुन्दर हरैँचामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

२० माघ, विराटनगर ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० जरुवा स्थित खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००१ ख ८१०९ नं.को ट्रिपरले सोहि दिशा तर्फ जादै गरेका साइकल यात्री सुन्दर हरैचा –१० बस्ने ४७ वर्षीय बाबुराम कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते कार्कीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिपर र टिपर चालक मोरङ बुढीगंगा गाउँपालिका –१ बस्ने ४२ बर्षीय छत्र बहादुर झागरलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.