सर्लाहीका उखु किसानहरु आन्दोलनका लागि फेरि काठमाडौं जाने

सर्लाहीका उखु किसानहरु आन्दोलनका लागि फेरि काठमाडौं जाने

२० माघ, सुर्खेत । सर्लाहीका उखु उत्पादक किसानहरु आन्दोलनका लागि फेरि काठमाडौं जाने भएका छन् ।

गएको पुष १८ गते सरकारसँग लिखित सहमति भएपछि घर फर्किएका किसानहरु सम्झौता अनुसार बक्यौता झुक्तानी नपाएपछि आन्दोलनका लागि फेरि काठमाण्डौ जान लागेका हुन् ।

उखु किसान सङ्घर्ष समितिले सर्लाहीले विज्ञप्ति निकालेर चैत १ गतेदेखि काठमाण्डौमा रिले अनशन सुरू गर्ने जानकारी गराएको हो । विज्ञप्तिमा फागुन मसान्तसम्ममा भुक्तानी नदिएमा चैत १ गतेबाट काठमाण्डौमा रिले अनशन गर्ने उल्लेख छ ।

सर्लाहीको अन्न्पूर्ण सुगर मिलले मात्रै किसानको झण्डै ४२ करोड भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.