चीनले १० दिनमै बनाएको ‘कोरोना अस्पताल’ आजबाट सञ्चालन

२० माघ २०७६, सोमबार
Share this
718shares

एजेन्सी, माघ २०
कोरोना भाईरसबाट संक्रमितहरुको उपचारका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल सोमबारबाट सञ्चालन हुने भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

Advertisement

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ । संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।

Advertisement

त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण थालिएको दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण र अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्ने बीबीसीले जनाएको छ । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।

Advertisement

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएको थियो । ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top