ए डिभिजन लिगः आज एनआरटी र फ्रेण्ड्स क्लब भिड्दै

ए डिभिजन लिगः आज एनआरटी र फ्रेण्ड्स क्लब भिड्दै

२१ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा मङ्गलबार दशौं चरणका खेल सकिँदैछन् । दशौं चरणको अन्तिम खेलमा एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्स मैदानमा अपराह्न तीन बजे सुरु हुँदैछ । लिगको पाँचौं स्थानमा रहेको एनआरटीको १५ अङ्क छ । एनआरटीले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा हार ब्यहोरेको छ ।

यस्तै, फ्रेण्ड्स ११ अङ्कसहित १०औँ स्थानमा छ । फ्रेण्ड्सले तीन खेलमा जित हात पारेको छ भने दुईमा बराबरी र चारमा पराजय भोगेको छ । यो खेलमा एनआरटी र फ्रेण्ड्स दुवै टोली जित निकाल्दै शीर्ष ६ मा सुरक्षित रहन चाहन्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.