केन्याको एक विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु

२० माघ ७६, मंगलबार

२१ माघ, एजेन्सी । पश्चिमी केन्याको प्राइमरी विद्यालयमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ । केन्याको राजधानी नइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा सोमबार दिउँसो भागदौड मच्चिएको थियो ।

साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको हो । त्यहाँका शिक्षामन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन् । त्यस्तै, ४० अन्य विद्यार्थीहरू घाइते समेत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केहीको अवस्था गम्भीर रहेको र केही उपचारपछि फर्किसकेको जनाइएको छ । कसरी भागदौड मच्चिएको भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । केहीले विद्यार्थीहरू साघुँरो भर्‍याङबाट झर्दा भत्किएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top