×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपाली अधिकारीलाई कम्तीमा ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार

२१ माघ २०७६

२१ माघ, काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो) घूस दिएको स्वीकार गरेको छ ।

युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी एरबस ए३२० विमानहरूको सम्झौता सुरक्षित गर्न कम्तीमा ३ लाख ४० हजार युरो तिर्नुपरेको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख गरेको छ।

Advertisement
Advertisement

१८ लाख डलरको कुल वित्तीय प्रतिबद्धतालाई संकेत गर्ने उक्त सम्झौताका अनुसार सो भुक्तानी ’विदेशी सरकारी अधिकारीका लागि घूसका रूपमा उल्लेख गर्न योग्य हुन सक्छ।’ एयरबसले दिएको कूल १८ लाख डलर (झण्डै नेपाली २० करोड रुपैयाँ) नेपाली बिचौलिया र अधिकारीहरुलाई भुक्तान गरिएको थियो या थिएन भन्ने विषय यकिन नभए पनि ३ लाख ४० हजार युरो भने तेश्रो पार्टीमार्फत नेपाली अधिकारीहरुसम्म आइपुगेको विश्वास छ।

नोभेम्बर २००९ मा दुबईमा भएको एयर शोमा नेपाल एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्‍न कंसाकारले एयरबससँग वाइड बडी ए३३०(२०० र न्यारो बडी ए३२० विमान खरिदका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रअनुसार ए३३० र ए३२० दुई वर्षमा बुझाउनुपर्ने तय भएको थियो। तर अग्रिम भुक्तानीको रूपमा ७ लाख ५० हजार डलर एयरबसलाई भुक्तानी दिएपछि कंसाकारलाई अनियमितता गरेको आरोपमा पक्राउ गरिएको थियो ।

२०१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर २०१२ मा विशेष अदालतले कंसाकारलाई निर्दोष ठहर गर्दै सफाइ दियो । संसदीय लेखा समितिले पनि सुरुदेखि नै अनियमितता भएको आशंकामा यसको छानबिन गरिरहेको थियो । लेखा समितिका सदस्य सांसद धर्मशीला चापागाईंका अनुसार सो अनुसन्धान समाप्त भइसकेको छैन र भ्रष्टाचारको आरोप छ भने फेरि पनि अनुसन्धान हुनसक्छ ।

सुरुमा नेपाल एयरलाइन्सको ४२ मिलियन डलरको सम्झौता, जुन २०१३ मा संशोधन गरेर ४७ मिलियन डलर पुर्‍याइएको थियो र त्यसमा दुई ए३२० ल्याउने बताइएको थियो ।

नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणको फाइल औपचारिक रुपमा २०१५ बन्द भएको थियो । यद्यपि एयरबस आफूले २००४ देखि २०१६ सम्म बिक्री गरेका विमानमा भ्रष्टाचार भएको आशंकामा फ्रान्सेली, बेलायती र अमेरिकी अधिकारीहरूको रडारमा थियो ।

फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जनवरी २९ मा अदालतमा बुझाएको कागजात अनुसार टुलूजस्थित कम्पनीले २०१४ फेब्रुअरीदेखि २०१५ अप्रिलसम्ममा ३ लाख ४० हजार युरो (३ लाख ७६ हजार १ सय ४० डलर) नेपाली व्यापारीले बनाएको तेस्रो पक्षलाई आर्थिक कारोबार सुविधाजनक बनाउन नेपाली सरकारी अधिकारीलाई दिने गरी घूस दिएको देखिन्छ ।

उक्त प्रतिवेदनअनुसार एयरबसले सुरुमा तेस्रो पक्षलाई रकम भुक्तान गर्‍यो र सो तेस्रो पक्षले नेपालका साथै ताइवान, श्रीलंका, मलेसिया, इन्डोनेसिया, जापान र रसियालगायत १६ राष्ट्रका सरकारी अधिकारीलाई पैसा दिएको हो ।

बेलायतस्थित गम्भीर आर्थिक अपचलनको अनुसन्धान गर्ने कार्यालयले मलेसिया, श्रीलंका, ताइवान, इन्डोनेसिया र घानामा घुसखोरीको सम्बन्धमा अनुसन्धान गरेको थियो भने फ्रान्सेली पार्क्वेट नेसनल फाइनान्सियरले चीन, कोलम्बिया, नेपाल, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ताइवान र रसियामा घूस र भ्रष्टाचार सम्बन्धी अपराधको अनुसन्धान गरेको थियो ।

एयरबसले ३०० मिलियन डलरको वार्षिक बजेट भएको विभागलाई प्रयोग गरेर सरकारी अधिकारीहरू तथा विमान खरिदमा निर्णायक भूमिका भएकाहरुलाई रकम दिने गरेको थियो । यसका कारण दिर्घकालिन रुपमा कम्पनीलाई एक बिलियन डलर मुनाफा भएको थियो ।

२०१६ एरबस कम्पनी आफैंले आर्थिक अनियमितताका बारे रिपोर्ट गरेपछि त्यसको अनुसन्धान सुरु गरिएको थियो । त्यसपछिको अनुसन्धानमा अमेरिका र फ्रान्सका विभागहरू पनि समावेश भएका थिए । जसका कारण एयरबसले आपराधिक कार्य गरेवापतको सजायबाट मुक्ति पाएपनि उसले ४ बिलियन डलर जरिवाना मात्रै तिर्नुपर्ने छ ।

Advertisement

भ्रष्टाचारको अनुसन्धान गर्नेहरुले अदालतले दिएको जरिवानाको आदेशलाई भ्रष्टाचारका लागि कुनै पनि ठूलो कर्पोरेटलाई गरिएको ठूलो जरिवानाका रुपमा व्याख्या गरेका छन् । नेपालको मामलामा भने दुईजना नेपाली व्यवसायीहरुले बिचौलियाका रूपमा कार्य गरिरहेका थिए । यो समाचार ईकान्तिपुरकालागि संगम प्रसाईले लेखेका हुन् ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top