बालुवाटार जग्गा प्रकरणमा उपसभापतिविरुद्धको मुद्दाबारे नेपाली कांग्रेस र कानुन व्यवसायीहरूबीच छलफल

२३ माघ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै आफ्ना उपसभापति विजयकुमार गच्छदारविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेपछि नेपाली कांग्रेसले कानुन व्यवसायीहरूसँग छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारीहरूले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको अभियोगपत्र कस्तो हो भन्नेबारे कानुन व्यवसायीहरूसँग अहिले परामर्श गरेका हुन् ।

छलफलमा कांग्रेस नेताहरूले प्रस्ताव लैजाने मुख्यसचिवलाई मुद्दा चलाएन र निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि मुद्दा लगिएन विभागीय मन्त्रीलाई मात्र लग्यो यसरी छानी छानी मुद्दा लगाइएको छ? यो के हो? भनेर कानुन व्यवसायीहरुलाई प्रश्न गरेका थिए । जवाफमा वकिलहरूले ‘यो राजनीतिक मुद्दा पनि भएको हुनाले के भन्ने तपाईंहरू भन्नुहोस्, हामी कानुनी हिसाबले लड्छौं’ भन्ने जवाफ फर्काएका थिए ।

Advertisement

छलफलमा वकिलहरू प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल र ज्ञानेन्द्र कार्की छलफलमा उपस्थित थिए।

कांग्रेस नेताहरूले जग्गा फिर्ता दिएकालाई मुद्दा नचलाउने भन्दै गरेको निर्णयबारे कांग्रेस पदाधिकारीले कानुन व्यवसायीसँग जिज्ञासा राखेका थिए। अख्तियारले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गरेकाले उनीहरूलाई प्रतिवादी नबनाउने निर्णय गरेको थियो।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top