लुम्बिनी प्रादेशिक अस्पतालका व्यवसायिक सटरमा चल्यो डोजर

२३ माघ, बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका व्यवसायिक सटर डोजर लगाएर भत्काइएको छ । पटक–पटक सूचना जारी गरेर सटर खाली गर्न अनुरोध गरे पनि व्यवसायीले अटेर गरेपछि अस्पताल विकास समितिले बिहीबार बिहानै डोजर चलाएको हो ।

Advertisement

लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडि बढाउन थालेको छ । अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा निजी मेडिकल तथा अन्य पसल थिए।

Advertisement

अस्पताल विकास समितिले सटर खाली गर्न पटकपटक समयसीमा दिएपनि व्यवसायीहरू अदालत गएका कारण सटर खाली हुन सकेको थिएन । जिल्ला अदालत रूपन्देहीमा परेको मुद्दामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजेसम्म २४ घन्टे अल्टिमेटम दिएको थियो।

अल्टिमेटममा पनि व्यवसायीले सटर खाली गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

Advertisement

सर्वोच्च अदालतले बुधवार अपरान्ह लुम्बिनी प्रादेशिक अस्पतालका सटर व्यवसायी र अस्पताल प्रशासनसमेतका विपक्षीलाई फागुन १ गते छलफलका लागि बोलाउने अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशको पूर्णपाठ नआएको र भत्काउन रोक्नु भन्ने आधिकारीक रूपमा पत्राचार नभएको भन्दै अस्पताल व्यवस्थापनले डोजर लगाएको हो।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अदालतको आदेशबारे आधिकारीक रूपमा जानकारी नपाएको भन्दै अस्पताल प्रशासनले पूर्ववत् सूचनालाई कार्यान्वयन गरेको बताए।कतिपय व्यवसायीले भने बुधबार साँझ नै सटर खाली गरिसकेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top