चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६३ पुग्यो, २८ हजार बढी संक्रमीत

२३ माघ, एजेन्सी । चीनमा कोरोना भाइरसका कारण बुधबार मात्रै थप ७३ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

त्यस्तै फिलिपिन्स र हङकङमा एक–एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ । बुधबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।

चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो ।

Advertisement

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top