उपमहागरपालिकाका कर्मचारीले गरेको ‘पेनडाउन’ को विरोध र मेयर र उपमेयरको राजिनामा माग्दै स्थानीय सडकमा

उपमहागरपालिकाका कर्मचारीले गरेको ‘पेनडाउन’ को विरोध र मेयर र उपमेयरको राजिनामा माग्दै स्थानीय सडकमा

२४ माघ, धनुषा । जनकपुरधाम उपमहागरपालिकाका कर्मचारीले दुई दिनदेखि गरेको ‘पेनडाउन’ को विरोधमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

गत पुस २२ गते नगरप्रमुख साहको कार्यकक्षमा पत्रकारमाथि भएको दुर्व्यवहार एवं कुटपिटको विषयलाई लिएर उपमहानगरपालिकाका कर्मचारीहरुले दुई दिनदेखि ‘पेनडाउन’ गरेकाले उपमहानगरपालिका सहित २५ वटै वडा बन्द रहेका छन् ।

युवाहरुको प्रदर्शनका कारण जनकपुर-ढल्केवर सडकखण्डका लामो तथा छोटो दूरीका सवारी साधन एक घण्टाकालागि अवरुद्ध भएका थिए ।

जनकपुरधाम(८ मा रहेको रामनन्द चोकमा युवाहरुले सडक अवरोध गरेर मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रसहित कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारी युवाहरुले पत्रकारलाई दुर्व्यवहार एवं कुटपिट गर्ने उपमहानगरपालिकाका मेयर र कर्मचारीविरुद्ध कारबाही हुनुपर्ने उल्टै सेवाग्राहीलाई दुःख दिनेगरी गरेको पेनडाउनको विरोध गरेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.