हिमालपारी नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

हिमालपारी नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

२५ माघ, हुम्ला ।

सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ ।

बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

सुतकेरी व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.