मन्त्री घिमिरे भारतमा नोबल सिटिजन अवार्डबाट सम्मानित

२४ माघ ७६, शनिबार

२५ माघ, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे भारतमा नोबल सिटिजन अवार्डबाट सम्मानित भएका छन् । विभिन्न देशमा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको प्रोजेक्ट १०० नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मन्त्री घिमिरेलाई नोबल सिटिजन अवार्डबाट सम्मानित गरेको हो ।

भारतको नयाँदिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा (फेब्रुअरी २, २०२० ) आईतबार आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको थियो । घिमिरेले नेपालको राजनितीक परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुको परिचालन गर्नुका साथै मन्त्रीको जिम्मेवारीमा आएपछि शिक्षा, स्वास्थ र सफाइका क्षेत्रमा नवीनतम कामको थालनी गरी महत्त्वपूर्ण योगदान पुर्याएको जनाएको छ ।

कार्यक्रममा उद्यशिलताको क्षेत्रमा नवीनतम दृष्टान्त प्रस्तुत गर्दै भारतीय धनाढ्यको सुचिमा पर्न सफल महिला उद्यमी कल्पना सरोज, अन्तर्राष्ट्रिय समन्वय र सम्बन्ध विस्तारको क्षेत्रमा योगदान दिएका मलावि देशका सार्क मुलुकका लागि राजदुत जर्ज म्याक्नडिवा, सेनेगलका डिप्लोम्याट पापा एसआने, डिआर डी ओ कि जोएन डाइरेक्टर मुक्ता चोहान, हाइटेक मेडिकल कलेजका चेएरमेन डा. तिरुपति पानिग्रहि लगायत विशिष्ट व्यक्तित्वहरु सम्मानित भएका थिए । त्यस्तै सबैभन्दा कम उमेरकी वातावरण संरक्षण अभियानकी अभियान्ता १२ वर्षकी लिसिप्रिया कन्जुजम समेत सम्मानित भएकी थिइन् ।

Advertisement

समारोहमा नेपाली प्रतिनिधि मण्डलका तर्फबाट नेपालको राष्ट्रिय झण्डा, तुल ब्यानर, ब्रुसर सहितको प्रदर्शन गर्दै भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल भ्रमण गरी भ्रमण वर्ष सफल पार्न सबै विदेशी पाहुनाहरुलाई आह्वान समेत गरिएको थियो ।

भारत भ्रमणमा गएका मन्त्री घिमिरले के–के गरे ?

Advertisement

भारत भ्रमणका क्रममा रहेका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारतका लागि नेपाली राजदुत निलम्बर आचार्यसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

यस्तै विभिन्न विदेशी मित्रहरू भेटघाट गर्ने क्रममा भारत सरकारका स्वास्थ्य मन्त्री एएल हेल्क, मेघालय स्टेट्का युवा तथा खेलकुद मन्त्री किरण रिजुजु र त्यहाँका सत्तारुढ दल विजेपीका राष्ट्रिय सचिव शुनिल भिदेवदर सँग महत्वपूर्ण भेटघाट र छलफल गरेको मन्त्री घिमिरेको सचिवालय सदस्य राम पोखरेलले जानकारी दिए ।

त्यहाँ रहदा मन्त्री घिमिरेको स्वागत सम्मानका लागि अल इन्डिया इन्स्िटच्युट अफ लोकल सेल्फ गभमेन्टले कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरी चौधरी चरण सिंह विश्वविद्यालयले मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा देश विकासमा युवाहरुको भुमिका विषयक गोष्ठीको आयोजना गरेको थियो ।

भ्रमणकै क्रममा पतञ्जलि योगपिठ हरिद्वारले समेत मन्त्री घिमिरेको सम्मानमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आचार्य बालकृष्ण लगायत पिठका विभिन्न विषय विज्ञहरुसंग नेपालको योग आयुर्वेद र प्राकृतिक चिकित्साको विकास र विस्तारका सम्बन्धमा गहन छलफल भएको उनको सचिवालयले जनाएको छ ।

सो क्रममा नेपालमा जडिबुटी खेति, उत्पादन, प्रशोधन, बजारीकरण लगायतका विषयहरुमा छलफल भएको थियो । सोही अवसरमा मन्त्रीले स्वामी राम देवलाई प्रदेश न १ को भ्रमणको निमन्त्रणा समेत दिएको जनाइएको छ । साथै मन्त्री घिमिरेले पतञ्जलि पिठ द्वारा सञ्चालित अस्पताल, रिसर्ज सेन्टर र योग ग्राम को समेत अध्ययन तथा अवलोकन गरेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top