अंशबण्डामा विवाद हुँदा जेठाजुद्वारा बुहारीको हत्या

अंशबण्डामा विवाद हुँदा जेठाजुद्वारा बुहारीको हत्या

२५ माघ, ताप्लेजुङ ।
ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बु बस्ने ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ।

शुक्रबार साँझ सवा ५ बजे दाजु भाईको अंश भण्डाको बिषयलाई लिएर बिबाद हँुदा दाई ४३ बर्षीय पुर्ण कुमार लिम्बुले आफ्नै कान्छी भाई बुहारी बिरेन्द्र कुमार लिम्बुको श्रीमती शुकमायालाई धारिलो हतियार खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्ण कुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.