कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

२४ माघ ७६, शनिबार

२५ माघ, बेइजिङ ।
नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । चीनस्थित अमेरिकी दूतावासका अनुसार हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

ती ६० वर्षीया अमेरिकी महिलाकोे वुहानको जिनयानतिङ अस्पतालमा मृत्यु भएको हो । उनको फेब्रुअरी ६ मा मृत्युभएको हो। वुहानमा पहिलो विदेशी नागरिकको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन्।

त्यस्तै, कोरोना भाइरसको उद्गम स्थल मानिएको हुवेई प्रान्तको राजधानी वुहानमा नै एक जापानी नागरिकको निमोनियाबाट मृत्यु भएको बताइएको छ।निमोनियाबाट भएको बताइए पनि उनमा कोरोना भाइरसको संक्रमण रहेको आशंका गरिएको छ।

Advertisement

अहिलेसम्म जापानमा कोरोनाको संक्रमण नरहेको जापानको विदेश मन्त्रालयले जनाएको छ। नोवल कोरोना भाइरसबाट शुक्रबार मात्रै चीनमा थप ८६ जनाको मृत्यु भएको थियो । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ७२२ पुगेको छ।

चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको बताइएको छ। नोवल कोरोना भाइरसबाट शनिबार बिहानसम्म विभिन्न मुलुकमा ३४ हजार ८७२ जनामा संक्रमण भएको छ । कोरोना भाइरसबाट संक्रमित १ हजार ५६८ जनालाई निको भएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top