कोरोना रोकथाम गर्न प्रदेश नं २ को सीमावर्ती क्षेत्रमा हेल्प डेस्क स्थापना

२५ माघ ७६, आइतबार

२६ माघ, काठमाडौँ । 

कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नं २ को भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।

भारतसँग जोडिएको मुख्य नाका वीरगञ्जका साथै भारतसँग आवतजावत हुने अन्य सीमावर्ती क्षेत्रमा पनि सहायता कक्ष स्थापना गरिएको प्रदेश नं २ को समाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले जानकारी दिए ।

Advertisement

धनुषाको सीमावर्ती क्षेत्र जटहीका साथै विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । जटहीमा कोरोना भाइरस सहायता कक्षका लागि नगराइन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा सहायता कक्ष सञ्चालन गरेको नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवले जानकारी दिए ।

त्यस्तै प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीका १३ स्थानमा कोरोना भाइरस जाँचका लागि सहायता कक्ष स्थापना गरिएको छ । नाकामा आवागमन गर्नेहरुमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्ने तथा आवश्यकताअनुसार अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको छ ।

Advertisement

सप्तरीमा पनि कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सीमा नाकामा सहायता कक्ष स्थापना गरी आजदेखि शङ्कास्पद व्यक्तिको स्वास्थ्य जाँच गर्न थालिएको हो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top