कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ जनाको मृत्यु, ३७ हजार भन्दा बढी संक्रमित

२६ माघ, एजेन्सी । कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ नयाँ संक्रमितको मृत्यु भएको चीन सरकारले बताएको छ । चीनमा शुक्रबार ८६ जनाको मृत्यु भएको थियो । शनिबारका मृतकहरुमध्ये प्राय हुवेई प्रान्तका मानिसहरु छन् ।

कोरोना प्रकोपबाट संसारभर ८ सय १३ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो सँगै कोरोनाबाट मृतकको संख्या सार्स संक्रमणबाट विश्वभर मर्नेहरुको संख्याको बराबरीमा पुगेको छ ।

कोरोनाबाट स‌ंसारभर ३७ हजार ५ सय ५२ जना संक्रमित छन् भने चीनमामात्रै ३७ हजार १ सय ९८ जना संक्रमित छन् । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोनाका २ हजार १ सय ५२ जनासंक्रमितहरु निको भइसकेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top