×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसदमा पुष्पा भुसालले दिइन प्रतिकारमा उत्रिने चेतावनी

२८ माघ २०७६

२८ माघ, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरि संबैधानिक अंगहरुबाट काम भए कांग्रेस चुप लागेन नबस्ने चेतावनी दिएकी हुन् ।

Advertisement
Advertisement

उनले भनिन “लोकतन्त्रलाई कमजोर गराउने गरि यदि कसैले काम कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन । यही संसदबाट विरोधका गतिविधिलाई गरेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछ ।

कुनैपनि संबैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नुहुदैन,निर्णय गर्नुहुदैन । सरकारको छाया बन्नु हुदैन । यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुदै जान्छ र त्यहा जनताको अधिकार सुनिश्चित हुदैन ।

”संविधान अनुसार गठन भएको संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक पुर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारमाथि भेदभावपुर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको र सो को पुष्टि सरकार आफैले गरेको दाबी उनले गरिन ।

उनले भनिन “आयोगले अधिकार क्षेत्र भन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर पुर्वाग्रहपुर्ण ढंगले , राजनीतिक पुर्वाग्रह साँधेर मुद्धा दायर गरेको कुरा आरोप पत्रको व्यवहोरा पढ्दा स्पष्ट भएको थियो ।

अख्तियारले राजनीतिक पुर्वाग्रहमा परेर सरकारको छायामा परि आरोप पत्र दायर गरेको कुराको पुष्टी स्वयम नेपाल सरकारले गर्यो । नेपाल सरकारको प्रवक्ता तथा सूचनामन्त्रीले भन्नुभयो । यो सरकारको ठूलो उपलब्धि हो भनेर ।

सरकारले अख्तियारको काम माथि फेरी धावा बोल्यो । यदि सरकारको उपलब्धि हो भने संविधानमा यस्ता संंबैधानिक अंगको परिकल्पना किन गरियो ? ”अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उहाँले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसंग जवाफ माग गरिन ।

“सरकारले यस्तो अभिव्यक्ति किन दिएको हो भन्ने कुरा पनि सदनले जानकारी माग्छ चाहन्छ ।” उहाँले भन्नुभयो “संबैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावमा आएर यति त्यस्ता निर्णयहरु गर्छन् भने हामी प्रतिपक्षी दलहरु त्यस्ता कामलाई नजिकबाट नियालेर बसेको छ ।

”उनले संविधानवाद्, लोकतान्त्रिक मुल्य मान्यता विपरित राजनैतिक प्रतिशोधको आधार कसैलाई बैचारिक द्धन्द्धको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्धामा नचलाउने अख्तियारको कार्यशैली माथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउदै संसद अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराइन ।

Advertisement

यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानूनी लडाई एकसाथ लड्ने निर्णय गरेको थियो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top