आईपिएलको उद्घाटन मार्च २९ मा, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी, फागुन ४
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नइ सुपर किंग्स भेटने निश्चित भएको छ । उक्त खेल मार्च २९ का दिन मुम्बईस्थित वान्खडे रङ्गशालामा खेलाइनेछ ।

लिग सञ्चालकले फ्रेञ्चाइजलाई पठाएको विवरण बमोजिम उद्घाटन खेल मार्च २९ का लागि तय गरिएको जनाइएको छ । विवरण बमोजिम लिग चरणको अन्तिम खेल मई १७ तारेखको खेलाइनेछ । जसमा रोयल च्यालेन्जर्स बैंग्लौरले मुम्बईको सामना घरेलु मैदानमा गर्नेछन् ।

भारतले घरेलु मैदानमा दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाको अन्तिम म्याच मार्च १८ का दिन कलकत्तामा खेल्नेछन् । जसको ११ दिनपछि लिगको सुरुवात हुनेछ ।

लिग चरणका खेलहरु ५० दिनसम्म चल्नेछन् । पछिल्लो संस्करणमा भने ४४ दिनसम्म चलेको थियो । अपरान्हको खेल सबा चार बजेदेखि खेलाइनेछ भने रातिको खेल आठबजेबाट सुरु हुनेछ । स्टिभ स्मिथ कप्तान रहेको राजस्थान रोयलले आफ्नो पहिलो खेल अप्रिल लागेपछि मात्रै खेल्नेछन् । मार्च २९ मा न्युजिल्याण्ड र अष्ट्रेलियाबीचको अन्तर्राष्ट्रिय टी ट्वान्टी म्याच निर्धारण गरिएको छ । दुबै राष्ट्रले आईपीएललाई आफ्ना खेलाडी माच ३० पछि मात्रै उपलब्ध हुने प्रष्ट्याएको छ ।

इंग्ल्याण्डले श्रीलङ्कामा मार्च १९ देखि ३१ सम्म दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछन् । इंग्ल्याण्डले मार्च ३१ पछि आफ्ना खेलाडी उपलब्ध हुने आईपीएललाई पत्राचार गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top