सरकारले जनअपेक्षा अनुरुप एउटा पनि काम गर्न सकेन : कांग्रेस

४ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसले सरकार सञ्चालनमा अनुकुल परिस्थिति हुँदाहुँदैपनि सरकारले जनअपेक्षा अनुरुपको एउटापनि काम गर्न नसकेको दाबी गरेको छ । शनिबार संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको सरकारका दुई वर्षका कामको विवरणहरुमा कुनै सत्यता नभएको र जनअपेक्षा अनुरुपको काम पनि नभएको आरोप कांग्रेसले लगाएको छ।

Advertisement

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सहज समयको सदुपयोग गर्न नसकी पूर्ण रुपमा असफल बन्दै गएको कांग्रेसको मूल्याङ्कन रहेको बताए । उनले सरकारको अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकुल समयमा पनि आफैले प्रतिकुल बनाउँदै गएको दाबी गरे । उनले भ्रस्टाचार बढ्दै गएको, भ्रष्टाचारमा आफ्ना मान्छे जोगाउने खेलमा लागेकोले सरकार आफैमा भ्रष्ट भन्दै गएको प्रष्ट भइसकेको बताए । उनले म्ुलुकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको, मंहगी झनै बढेको तथा बेरोजगारको संख्या बढ्दै गएको तर्फ सरकारले ध्यान दिन नसकेको बताए ।

कांग्रेसले दुई वर्षमा सरकारको आयोग्यता, असफलता र अधोगतिमा आठकोणको पहिचान गर्दै सरकार राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगारी सृजना र विस्तार, सांस्कृतिक रुपान्तरणको कोणबाट पूर्ण रुपमा असफल भएको दाबी गरेको छ । सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको प्रवक्ता शर्माले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top