×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

बेटी पढाऊ, बेटी बचाऊ अभियान : १४ हजारलाई साइकल, ४ हजार बीमित

५ फाल्गुन २०७६

५ फागुन, धनुषा । 

प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ ।

Advertisement
Advertisement

प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

साइकल वितरण कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाका २९ विद्यालयका एक हजार ५३५ , सिरहा जिल्लाका २५ विद्यालयका एक हजार ६१६ , धनुषा जिल्लाका ३२ विद्यालयका एक हजार ७८५ र महोत्तरी जिल्लाका ३१ विद्यालयका एक हजार ८७० छात्रालाई साइकल वितरण गरिएको छ ।

त्यस्तै सर्लाही जिल्लाका ४२ विद्यालयका दुई हजार ४५७, रौतहट जिल्लाका २८ विद्यालयका एक हजार ४०८, बारा जिल्लाका २६ विद्यालयका एक हजार ६७५ र पर्सा जिल्लाका २७ विद्यालयका एक हजार ६५४ छात्रालाई साइकल वितरण गरिएको छ ।

‘छोरी जन्मनुलाई सराप होइन वरदान’का रूपमा लिनुपर्छ भन्ने भावना वृद्धि गरी जीवन सुरक्षित गर्ने उद्देश्यले सरकारले छोरी बीमाको रकमलाई वृद्धि गरी तीनलाख पु-याएको छ । सो अभियानप्रति विभिन्न पालिका उत्साहित भई सरकारद्वारा दिइएको रकममा थप गरी छ लाख पु¥याउने लहर आएको जनाइएको छ ।

प्रदेश सरकारले गत वर्षको माघ १ गतेपछि जन्मिएका छोरीका लागि छोरी शिक्षा बीमा मुद्दति बचत कार्यक्रम सञ्चालन गर्दे आएको छ । सो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा चार हजार ३७३ बीमित बालिकाको खातामा रकम जम्मा भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार सप्तरी जिल्लाका ६४७, सिरहा जिल्लाका ३६२, धनुषा जिल्लाका ७८१, महोत्तरी जिल्लाका ७२६, सर्लाही जिल्लाका ३०५, रौतहट ७६०, बारा जिल्लाका ४४१ र पर्सा जिल्लाका ३५१ बीमित बालिकाको खातामा रकम जम्मा भइसकको छ ।

Advertisement

सोही कार्यक्रमअन्तर्गत २०७६ साउनदेखि कात्तिकसम्म दर्ता भएका तीन हजार बालिकाको खातामा रकम पठाउने अन्तिम तयारीमा रहेको छ । त्यस्तै सो कार्यक्रम सन्दर्भमा चालु आवको माघ २ देखि माघ २९ गतेसम्म सञ्चालित शिविरमा २० हजार २५ छोरीको बीमाका लागि निवेदन दर्ता भइसकेको जनाइएको छ ।रासस

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top