×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

६ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(माननीय महरा)
बलात्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुल्यो /सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधिसभामा जानकारी गराएसँगै महराको पुर्नबहाली ।

Advertisement
Advertisement

२.(कर्मचारीको चेतावनी)
ट्रेड युनियन खारेज नगर्न नेपाल निजामती कर्मचारी संगठनको सरकारलाई चेतावनी /ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने गरी समिति समेत गठन ।

३.(सरकारी काम)
सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु नष्ट हुने अवस्थामा/महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले संरक्षणमा चासो नदेखाउँदा करोडौंको नोक्सानी ।

४.(कोरोनाबाट सचेत बनौं)
कोरोना भाइरसका कारण चीनको वुहानबाट फर्काइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभियान/स्थानीयहरु गाँउ नै छोडेर हिँडेको कुरामा कुनै सत्यता नरहेको प्रशासनको दाबी ।

५.(जनप्रतिनिधीको ध्यानाकर्षण)
प्रतिनिधिसभाको शुन्य समयमा बोल्ने सांसदहरुद्वारा समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण /ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि सांसद गगन थापाको व्यंग्य ।

६.(छानविनको तरिका)
द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आग्रह /आयोगले व्यक्ति हेरेर नभई उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय गर्ने उल्लेख ।

७.(झिलिमिली बनाउने योजना)
आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने योजनाका साथ काम अघि बढेको उर्जा मन्त्री वर्षमान पुनको भनाई / चालु आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतिकरण गर्ने योजना।

८.(सांसदका रुप)
नीति निर्माणमा पु¥याएको योगदानका आधारमा सांसदहरुको मूल्याङ्कन हुनुपर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाई /सांसदहरु नीति निर्माणमा भन्दा बढी समय आयोजना बजेटमा समावेस गर्न कोठाकोठामा खर्च गर्ने गरेको उल्लेख ।

९.(कुखुरापालकको आरोप)
कुखुराको चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न राष्ट्रिय कुखुरापालक संघर्ष समितिको माग /कालोबजारीविरुद्ध सम्बन्धित विभागमा उजुरी दिएपनि कुनै चासो नदिनुले कालोबजारीमा विभागको समेत मिलेमतो रहेको आरोप ।

१०.(स्ववियु निर्वाचन स्थगित)
फागुन १४ गतेका लागि घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयद्वारा स्थगित /कांग्रेस निकट नेपाल विद्यार्थी संघले समय मागेका कारण अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित ।

११.(पाशुपतमा शोभायात्रा)
यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरबाट मंगलबार शोभायात्रा निकालियो / महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषको भनाई ।

१२.(पानीको प्रशोधन)
शिवरात्रिको अघिल्लो दिनबाट गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने /प्रशोधित पानी एउटा टनेलबाट सिधै तिलगंगामा र अर्को गुहेश्वरी क्षेत्रको भागमा खसाल्ने तयारी ।

१३.(किर्तिमानी सुन)
सुनको भाउमा नयाँ किर्तिमान कायम/मंगलबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला ७६ हजार ७ सय पुग्यो /चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कारोवार ।

१४.(प्रशिक्षकको खोजी)
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट उमेश पटवालले राजीनामा दिएपछि चाँडै नयाँ प्रशिक्षक ल्याउने नेपाल क्रिकेट संघको तयारी / नयाँ प्रशिक्षकका लागि क्यानले एसीसी र आइसीसीको वेबसाईटमा प्रशिक्षकको विज्ञापन राख्ने ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
कोरोना भाइरसको उपचार प्रक्रियाको नेतृत्व गरेको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको भाइरसकै कारण मृत्यु /भाइरसका कारण अहिलेसम्म १८ सय भन्दा बढीको मृत्यु/ ७३ हजार भन्दा बढी संक्रमित ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top