गुप्तचर सेना गठन गर्न सैनिक विधेयक संसदमा पेश

६ फागुन, काठमाडौँ ।
सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको सैनिक (पहिलो संशोधन) विधेयक २०७६ पेश गरेका हुन् । संसदमा दर्ता भएसँगै विवादित बनेको विधेयक रक्षामन्त्री पोखरेलले संसदमा पेश गरेका हुन् ।

विधेयक संसदमा दर्ता गर्दै रक्षामन्त्री पोखरेलले भने भावी सुरक्षा चुनौतीको सामना गर्नका लागि सेनामा छुट्टै गुप्तचरी संयन्त्रको आवश्यकता रहेको बताए । शान्ति, द्वन्द्व र युद्धकालिन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्न र भावी सुरक्षा चुनौतीको प्रभावकारी रुपमा सामना गर्न संशोधन विधेयक ल्याइएको उनले बताए । प्रतिनिधिसभामा विधेयक पेश गर्दै रक्षामन्त्री पोखरेलले भने, ‘शान्ति, द्वन्द्व र युद्धकालिन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन गर्न र भावी सुरक्षा चुनौतीको प्रभावकारी रुपमा सामना गर्न सैनिक इन्टेलिजेन्स लाई समय सापेक्ष आधुनिकिकरण गरी थप प्रभावकारी बनाउन आवश्यक भएको छ ।’

अहिले नेपाल सरकारको आफ्नै गुप्तचरी संयन्त्र राष्ट्रिय अनुसन्धान विभाग छ । यसका अलावा नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सशस्त्र प्रहरी बलले राजनीतिक र आपराधिक कृयाकलापका सूचना संकलनका लागि गुप्तचरी संयन्त्र प्रयोग गर्दै आएका छन् । यी संयन्त्रहरु हुँदाहुँदै नेपाली सेनाले पनि आफ्नो गुप्तचरी संयन्त्र निर्माण गर्दा काममा दोहोपना आउने, समाजमा त्रास फैलिने, सूचना चुहावट हुन सक्ने भन्दै विश्लेषकहरुले सेनालाई गुप्तचरी संयन्त्र चलाउन दिन नहुने भन्दै विरोध गर्दै आएका छन् ।

Advertisement

सैनिक ऐन संशोधन गर्न ल्याइएको विधेयकमा संशोधनमा इण्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धि विषय उल्लेख छ । इन्टेलिजेन्समा खर्च भएको रकम, रिभल्भिङ फण्डबाट खर्च भएको रकम र भैपरि आउने काम लागि खर्च भएको रहमको मिन्हा सम्बन्धि ऐनमा व्यवस्था गर्न संशोधन विधेयक ल्याइएको सरकारले तर्क गरेको छ । ‘इण्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धि विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फण्डबाट खर्च भएको रकम र भैपरि आउने कामको लागि भएको खर्च रकम मिन्हा सम्बन्धि विषय’, संशोधन विधेयकमा उल्लेख गरिएको छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top