वुहानबाट नेपाल ल्याइएकाहरुमा कोरोनाभाइरसको संक्रमण भए/नभएको आज पत्ता लाग्ने

७ फागुन, काठमाडौं । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीको नाक र घाँटीको र्‍यालको नमूना परीक्षणको नतिजा आज आउने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार स्वास्थ्य मन्त्रालयले दिउँसो पत्रकार सम्मेलनमार्फत् परीक्षणको नतिजा सार्वजनिक गर्नेछ ।

परीक्षणको नतिजा आएपछि मात्र कसैमा कोरोनाभाइरस(कोभिड(१९) को संक्रमण भए/नभएको भन्ने पत्ता लाग्नेछ । परीक्षण गर्न पिसिआर (पोलिमेरेस चेन रियाक्सन प्रविधि) अपनाइएको र त्यसबाट कोरोनाभाइरसको जीन भए/नभएको भन्ने पत्ता लाग्ने निर्देशक झाले बताइन्।

Advertisement

कसैमा उक्त जीन रहेको पत्ता लागे सो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि हुन्छ । वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।

नमूना संकलन गर्न मात्र चार घण्टा लागेको थियो। क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ। जसमा एउटा परीक्षणको नतिजा आज आउँदैछ भने अर्को परीक्षण चौंधौ दिनमा गरिने झाले बताइन्।

Advertisement

वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन्। उनीहरूलाई गत आइबार बिहान वुहानबाट काठमाडौं ल्याइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top