इरानमा पनि दुई व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि

७ फागुन, तेहरान ।

 चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन । मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आइएसएनएले भनेको छ,“पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्द घटनाहरू पत्ता लागेका हुन् ।”

इरानको केन्द्रय प्रान्त कोममा ती विरामी भेटिएका थिए । उनीहरूलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए। चीनमा सङ्क्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने विरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ ।रासस / सिन्ह्वा

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top