भारतको नागरिकता संशोधन कानुन (सीएए)लाई लिएर गुटरेजको चिन्ता

७ फागुन ७६, बिहीबार

८ फागुन, एजेन्सी । भारतको नागरिकता संशोधन कानुन (सीएए) र प्रस्तावित नेसनल रजिस्टर अफ सिटिजन्स (एनआरसी)माथि भइरहेको बहसका बीच संयु्क्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेजले कसैको नागरिकता खोसिन नहुने प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानको यात्रामा रहेका महासचिवले एक अन्तरवार्तामा भारतको नयाँ कानुनलाई लिएर चिन्ता व्यक्त गर्दै यस मामिलामा शरणार्थीका लागि वर्तमान उच्चायुक्त सक्रिय रहेको बताए।

यस प्रकारको कानुनले नागरिकता खोसिन सक्ने खतरा उत्पन्न हुने बताउँदै कानुन परिवर्तन गर्दा यी कुरालाई ध्यान दिनु जरुरी भएको बताए। भारतले सीएएलाई आन्तरिक मामिला भएको जनाइरहेको छ। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top