नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : ६ जनाको मृत्यु , १८ घाइते

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना : ६ जनाको मृत्यु , १८ घाइते

८ फागुन, तमिलनाडु ।
नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। भारतको अमालुर नजिकै सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति दुर्घटना भएको बताइएको छ ।

उनीहरूलाई उपचारका लागि मोहन कुमारमंगलमा मेडिकल कलेजमा लगिएको अधिकारीहरुले जनाएका छन् । तीर्थ यात्राका लागि सुनसरीबाट २३ माघमा हिँडेको उक्त बसमा ३४ यात्रु सवार थिए । उनीहरू ३५ दिनको लागि तीर्थयात्रामा निस्किएका थिए ।

भारतीय प्रहरीका अनुसार भारतको प्रसिद्ध तीर्थस्थल कन्याकुमारीको दर्शन गरेर नरीपल्लम जान लागेको बसलाई पार्किङ गर्नको लागि यू–टर्न लिन खोज्दा विपरित दिशाबाट आएको अर्को मिनिबसले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा ४ पुरुष २ महिला रहेका छन् । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृत्यु हुनेमा ५६ वर्षीय गोपाल तामाङ, ५५ वर्षीया फितासरी चौधरी, ६० वर्षीय विष्णु दाहालको सनाखत भएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.