×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

दक्षिण कोरियामा कोरोनाः घरभित्र पनि मास्क लगाएर बस्न आग्रह

८ फाल्गुन २०७६

८ फागुन, एजेन्सी ।
दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीबार आग्रह गरेका छन् ।

उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् । दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको थियो ।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे । कोरियाली सङ्क्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ ।

उक्त चर्चमा एक जना कोरोना सङ्क्रमित व्यक्ति पनि सहभागी भएका थिए । केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना सङ्क्रमण देखिएको थियो ।

बुधबार नगर कार्यालयले १३ जनामा कोरोना जीवाणु सङ्क्रमित भएको जनाएको थियो । तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा सङ्क्रमण भएको थियो ।

दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना जीवाणुको थप सङ्क्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।

कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । (एपी)

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top