×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

सोलुको विद्युत सिराहामा जोडिदै : म्याद थप्दा पनि करिडोरको काम सकिएन

१० फाल्गुन २०७६

१० फागुन, सोलुखुम्बु ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ ।

Advertisement

सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पहिलोपटक आयोजनाले म्याद थप गरेको थियो । सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।

आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ । यस्तै, ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उनले जानकारी दिए ।

मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ । उक्त कार्य अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पु¥याउन आयोजना प्रमुख गौतमले अनुरोधसमेत गरे ।

उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ । पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।

सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत््लाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

वैकल्पिक मार्गमा समेत जोडिएन
सोलु खोलामा निजी क्षेत्रका २१७।५ मेगावाटका छ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ती मध्ये २३।५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको र ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेको विद्युत््लाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत्् प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ ।

सोही योजनाअनुसार सम्पूर्ण कामसमेत सम्पन्न भइसकेको छ । गत माघ ४ गते सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन ।

प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत क्षतिपूर्ति (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौता (पिपिए)मा उल्लेख छ । उक्त क्षतिपूर्ति बच्नको लागि वैकल्पिक मार्ग ३३ केभी प्रसारण लाइन प्रयोग गर्ने आयोजनाको योजना समेत विफल भएको छ ।

विकासमा राजनीतिक प्रतिशोध हुँदा स्थानीय र उद्घाटनमा गएको सांसद टोलीबीच तिङ्लामा झडप भएको थियो । उक्त झडपमा एउटा बोलेरो जीपसहित १३ वटा मोटरसाइकल जलेको थियो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुखसहित स्थानीयले तिङ्लामा विद्युत् नबालिकन उद्घाटन गर्न नहुने तर्क राख्दै आएका थिए ।

आयोजकको कमजोर समन्वय र सुरक्षा निकायको निकम्बताको कारण तिङ्लामा करोडौँको क्षति भएको सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राईले बताए । तिङ्ला पत्ताले क्षेत्रमा ग्रामीण विद्युतीकरणकै लागि पोल गाड्ने र तार टाङ्ने काम ७० प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।

सोलुखुम्बुको एक नगरपालिकासहित थुलुङदुधकोशी र नेचा सल्यान गाउँपालिकामा यसै वर्ष ग्रामीण विद्युतीकरण गर्ने गरी धमाधम कामसमेत भइरहेको उहाँले जानकारी दिए ।

Advertisement

करिब रु ७५ करोडभन्दा बढी बजेटबाट तीन स्थानीय तहमा विद्युत् पु¥याउने गरी काम भइरहेको जनाइएको छ । सोलुखुम्बु जिल्लामा हालसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । यहाँका नागरिकले प्याल्ट्रिकसेट, माइक्रोहाइड्रोको प्रयोग गरिरहेका छन् । रासस

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top