×

NEPAL TIMES UPDATES

Playing
नेपालमा निजीकरण गरिएका उद्योगहरुको नालीबेली, के सरकारले उद्योग चलाउने हो ? || Nepal Times
Apr 01, 2026
Playing
पोखराको जंगलघरमा ठूलो अपरेशन,६५०० तिरेर प्रवेश, भित्र ड्रग्स पार्टी|| Nepal Times
Apr 01, 2026
Playing
संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क, ज्ञानेन्द्रले सम्बोधन गर्ने || Nepal Times
Apr 01, 2026
Playing
छिटो घर गए बिदा काटिने, खटाएको ठाउँमा नगए राजीनामा दिनू|| Nepal Times
Apr 01, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-18-2082 || Nepal Times
Apr 01, 2026
Playing
प्रचण्डका सैन्य कमान्डर बादल अब ओलीका संसदीय कमान्डर || Nepal Times
Apr 01, 2026
Playing
नेटो टुक्रिने, ७७ वर्षपछि अमेरिका बाहिर, ट्रम्प नै भन्छन्, यो सैन्य गठबंधन ’कागजी बाघ’|| Nepal Times
Apr 01, 2026
Playing
यु द्ध छाड्न Trumpलाई कठिन, Iran भन्छ–अमेरिकी स्थलसेनाको प्रतिक्षामा छौं || Nepal Times
Apr 01, 2026
Playing
World News: Iran यु*द्धको ‘फिनिस लाइन’, यु*द्धमा Americaको दैनिक २ अर्ब डलर खर्च || Nepal Times
Apr 01, 2026
Playing
एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो || Nepal Times
Apr 01, 2026

अर्थमन्त्री हट्ने हल्लाले शेयर बजार रेकर्ड बनाउँदै आकाशियो

११ फाल्गुन २०७६

११ फागुन, काठमाडौं । आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन विग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ । वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बजारमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताए । उनले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताए ।

Advertisement

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ । त्यस्तै नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्सहित बनाएकोछ । लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वाश बढ्ेकाले नै आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च वृद्धि भएको बताए ।

Advertisement

यस्तै लगानीकर्ताले शेयरबाजरका विरोधिका रुपमा लिदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने हल्लाले पनि आइतबारको बजारमा असर पारेको देखिन्छ । खतिवडा राष्ट्रिय सभाबाट हटेपछि अर्थमन्त्रीबाट समेत स्वतः हटने भएकाले लगानीकर्ता सकारात्मक देखिएका हुन् । लगानीकर्ताको नजरमा अर्थमन्त्री खतिवडा नरुचाइएका पात्र हुन् । आइतबार राष्ट्रिय सभा सदस्यमा खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउने हल्ला शेयर बजारमा चलेको थियो । यससँगै बजारमा कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो । नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागनीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा विक्रीचाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरी शेयरको माग बढ्न थालेपछि करिब ३ घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लिएको थियो । तर फेरी अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा नेप्से ४५ अंकको वृद्धिमा झरेको थियो । अन्त्यमा शेयरको माग पुनः बढ्न जाँदा नेप्से ६९ दशमलव ५६ अंकले बढेर बन्द हुन पुग्यो । आइतबार एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ । फस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनीका शेयधरनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले कमाएका छन् । लगानीकर्ताको आकर्षण बैंकिङ समुह र व्यापार समुहमा सबैभन्दा बढी देखियो । जसका कारण बैंकिङ समुहमा ७ दशमलव १५ प्रतिशतको वृद्धि र व्यापार समुहमा ८ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ ।

भर्खरको समाचार

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सम्बन्धित खबरहरु

Scroll to Top