संविधान संशोधनका लागि नेकपाको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

संविधान संशोधनका लागि नेकपाको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार

१२ फागुन, काठमाडौँ । संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् ।

सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् ।

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए।

लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाले बताए।आफूहरुको तर्कमा सचिवालय सदस्य नेपाल समेत सकारात्मक भएको नेम्वाङको दाबी थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.