सरकारले मनपरी ढंगले काम गर्न थाल्योः देउवा

११ फागुन ७६, सोमबार

१२ फागुन, भैरवाहा ।
नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको कांग्रेस सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।

Advertisement

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा बोल्दै सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाए ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्‍न कसैलाई छाड्‍न नहुने देउवाले बताए। उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए।

Advertisement

अडियो टेप प्रकरणमा नेपाली कांग्रेसले पनि खोजी गर्नेदेउवाको भनाइ छ। यस्तै उनले पार्टीलाई मजबुत बनाउने समय आएको र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने आफ्‍नो पनि दायित्व भएको बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top