ललितपुरले भित्र्यायो तीन पाकिस्तानी खेलाडी

ललितपुरले भित्र्यायो तीन पाकिस्तानी खेलाडी

१२ फागुन, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग(ईपीएल)को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले थप तीन जना विदेशी खेलाडीलाई भित्र्याएको छ ।

पाकिस्तानका अलराउन्डर हमाद आजम र हसन खान तथा लेफ्ट आर्म सिमर मिर हाम्जालाई टिममा भित्र्याएको ललितपुर प्याट्रियट्सले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसअघि सन् २०१९ को जनवरीमा इंग्ल्यान्डको ससेक्स काउन्टी क्लबमा अनुबन्ध भएका थिए। त्यस्तै हसन पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडियटर्स तथा क्यानडाको ग्लोबल टी–२० लिगमा एडमन्टन रोयल्सबाट खेलेका थिए। उनी सन् २०१८ को यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानी टिमका कप्तानसमेत रहेका थिए।

त्यस्तै हमाद आजम पाकिस्तानका घरेलु लिग खेलिरहेका खेलाडी हुन्। ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थारङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।

ललितपुर प्याट्रियट्सका कप्तान नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल हुन् भने टिमको प्रमुख प्रशिक्षक राजु बस्नेत हुन्। एभरेष्ट प्रिमियर लिग आउँदो मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.