१२ फागुन, काठमाडौं । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गरेका हुन् । भेटमा कतारमा रहेका नेपाली कामदारहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए ।
सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरेका थिए ।