×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

१२ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सत्य यही हो)
संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाद्वारा अस्वीकार /लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाको भनाई ।

Advertisement
Advertisement

२.(प्रधानमन्त्री कड्किए)
जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको तर्क / विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने दाबी ।

३.(प्रधानमन्त्रीलाई कालो झन्डा)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने समाजवादी विद्यार्थी युनियनका चार जना पक्राउ /बाँस्कोटाको अडियो प्रकरण, यती प्रकरण, भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै विद्यार्थी समूहद्वारा नाराबाजी ।

४.(नेपालीको प्रशंसा)
नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेल र प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविच भेटवार्ता / भेटमा विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको राजदूतद्वारा प्रशंसा ।

५.(स्वतन्त्रताको सवाल)
मिडिया काउन्सिल र सूचना विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्नि सापकोटालाई पत्रकार महासंघको आग्रह /मिडियार्लाइ स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग ।

६.(वडाध्यक्ष नै अनसनमा)
छ दिनदेखि अनसनरत चितवनको माडी नगरपालिका १ का अध्यक्ष कृष्णप्रसाद पौडेल भरतपुर अस्पताल भर्ना/वडाध्यक्ष अनसन बसेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग नगरपालिकाका मेयर ठाकुर ढकालको भेटवार्ता ।

७.(विद्यार्थीको राजनीति)
अनेरास्ववियूले आफूहरूमाथि कुटपिट भएको भन्दै किटानी जाहेरी दिएपछि पृथ्वीनारायण क्याम्पस पोखराका नेविसंघ नेता रेशम हमाल पक्राउ/संगठनको झगडामा व्यक्ति किटान गरेर झडपमा उपस्थित नै नभएका हमालललाई राजनीतिक प्रतिशोश साधिएको नेविसंघको आरोप ।

८.(स्वार्थी संसार)
जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशन / प्रयोशाला अभाव र शिक्षकहरुको अभाव चिर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह ।

९.(लगानीको आह्वान)
लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह।

१०.(सुझाव मान्नुस्)
बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बीमा विज्ञहरुको सुझाव / नियामक निकाय अझबढी सुदृढ र इमान्दार नभए बीमा क्षेत्र संकटमा पर्ने तर्क ।

११.(शेर्पाको आँट)
चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने/यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन खोजिएको आरोहीको भनाई ।

१२.(सुनले बनायो कृतिमान)
सोमबार एकैदिन १५ सयले बढेर सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान कायम /प्रतितोला ८० हजार ३ सय पुग्यो / चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम /सुनको मूल्य अझै बढ्न सक्ने ।

१३.(पढाएर मात्रै हुन्छ मन्त्री ज्यू ?)
विद्यालयहरुलाई ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको चेतावनी /लिपुलेक, कालापनी र लिम्पियाधुरा सहितको नेपालको नक्साका विषयमा राम्ररी सन्देश प्रवाह गर्न आग्रह ।

१४.(ईपीएलमा पाकिस्तानी)
एभरेष्ट प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले भित्र्यायो थप तीन जना पाकिस्तानी खेलाडी /ईपीएल आउँदो मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ।

Advertisement

र,
१५.(वेदना बढाउँदै कोरोना)
चीनमा हालसम्म कोरोना भाइरसका कारण २५ सय ९३ जनाले मृत्यु/ चीनबाहिर थप ३२ जनाको मृत्यु /विश्वभर ७९ हजार बढी संक्रमित /उत्तर कोरियामा भाइरसको आशंकामा ३८० जना विदेशी नागरिक क्वारेन्टाईनमा ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top