×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भेरी–बबईमा सुरुङ हस्तान्तरण हुने

१४ फाल्गुन २०७६

१४ फागुन, सुर्खेत ।
निर्माण पूरा भएको एक वर्षपछि भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरण हुने भएको छ ।

सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनियरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न करिब डेढ महिना लाग्ने भएको हो ।

Advertisement
Advertisement

चाइना इञ्जिनियरङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) को सहायताले १२ किमी २१० मिटर सुरुङ खनेको थियो । गएको वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले बायो इञ्जिनियरिङको काम सकिएलगत्तै कोभेकले सुरुङ हस्तान्तरण गर्ने बताए ।

‘सम्झौतामा टनेल निर्माणसँगै बायो इञ्जिनीयरिङको काम पनि कोभेकले नै गर्नुपर्ने उल्लेख थियो, अहिले डकुमेन्ट तयार गर्ने काम भइरहेको छ’, उनले भने, ‘यी सबै कामका कम्तीमा डेढ महिना लाग्छ, त्यसपछि आयोजनालाई टनेल हस्तान्तरण हुनेछ ।’

चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबिच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए ।

टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको हो । आयोजनाका अनुसार हाल सुरुङ (टनेल) फिनिसिङको कार्य पूरा भएको छ ।

यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्नेलगायतका काम पर्दछन् । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धिमा पर्दछ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर (सिडिइ) उपाध्यायले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको बताए ।

दोस्रो चरणको ठेक्काअन्तर्गत बाँध (ड्याम) र विद्युत् गृह (पावरहाउस) निर्माणको कार्य सुरु भइसकेको छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबिच यही साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाँधस्थल चिप्लेमा यही मङ्सिर १६ गते दोस्रो चरणको निर्माण कार्यको शिलान्यास गरेका थिए । आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भेलगायतका काम सम्पन्न भइसकेका छन् ।

दोस्रो चरणमा छ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृहलगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्न कार्यादेश छ ।

आयोजनाले बाँध, विद्युत्गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य अघि बढाएको जनाएको छ । त्यस्तै, प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्ध लगायतका विभिन्न योजनाहरु सञ्चालनमा छन् ।

आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य छ । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा–११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिनेछ ।

जहाँ जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।

सिँचाइ विभागले भेरी बबईबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब चार अर्ब तीन करोड र १२ महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।

Advertisement

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’ रुपमा परिभाषित गरिएको छ । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top