×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

गाईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा

१७ फाल्गुन २०७६

१७ फागुन, खोटाङ ।

परापूर्वकालमा गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ ।दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।

Advertisement
Advertisement

गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गाई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गाई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गाई गोठ । सुवोधले धेरै दिनपछि गाईको गोठनजिकैको खेतमा आफ्नो गाईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गाईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गाईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन।

सुवोध धान खाइरहेको गाईनजिक पुग्दा गाई हराउँथ्योे । गाईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गाईको पछि लागेका थिए । गाईनजिक पुग्नेक्रममा हराएपछि सुवोधले कता–कता गाई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गाई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गाई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गाई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे ।

सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे । भित्रकाले गाई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गाई निकाल्न सकिएन । गाई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गाई निकाल्न सकिँदैन, माया मारौँ ।” त्यसो भन्दै सहयोगी घर फर्के । गाईधनी सुवोध त्यहीँ बसे । आफ्नो गाईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई । सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गाई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गाई गाईधनी सुवोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो ।

गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचारप्रसार र प्रवद्र्धन भने हुन सकेको छैन । गुप्तेश्वर महादेव गुफामा पाँच वर्षअघिदेखि मात्र आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका अर्खोलेका स्थानीवासी बताउँछन् । पछिल्लो समय हलेसी आइपुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झने गरेको पाइएको छ । अहिले भारत, भुटान, श्रीलङ्का, ताइवान, कोरिया, सिङ्गापुर, हङ्गेरी र हल्यान्डलगाइतका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पूजारी हीराधन राईले बताए । पछिल्लो समय गुप्तेश्वर महादेव गुफा पर्यटकीस्थल बन्दै गएको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए ।

गुप्तेश्वर महादेव गुफा आसपासमै पार्वतीथान र सिकारीथानसमेत रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउ मात्रै होइन, घनाजङ्गलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसलसमेत खोलिएका छन् ।

Advertisement

पर्यटकलाई जानकारी गराउन बाटामा कोही न कोही पथप्रदर्शक भेटिन्छन् । एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् । अर्खौले बजारबाट करिब पाँच किलोमीटर दूरीमा रहेको गुप्तेश्वर महादेव गुफा पुग्न ओरालो र फर्कंदा उकालो बाटो पैदल हिड्नुपर्ने हुन्छ । गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिव १० मिनेट पैदल हिँड्नुपर्छ । रासस

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top