बाग्मतीका सांसद भन्छन्, केन्द्र सरकार टेलिभिजनमा भेटिने सरकार हो

२० फागुन, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै बाग्मती प्रदेशले ऐन संशोधनको तयारी थालेको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि बाग्मती प्रदेश सरकारले प्रदेशसभामा छलफल सुरु गरेको छ । संशोधन ऐनमाथि धारणा राख्दै प्रदेशसभा सदस्यहरुले स्थानीय तहका जनप्रतिनिधिहरुले जीवन निर्वाह हुने सेवा सुविधा पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

सांसद राजेन्द्र प्रसाद पाण्डेले जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका प्रतिनिधिहरुलाई जीवन निर्वाह गर्न सक्ने सेवा सुविधा दिनुपर्ने बताए । ‘कम्तिमा बाँच्नपुग्ने सेवा दिन नसके सालोको नाममा डोजर किन्ने प्रवृति हावी हुन्छ’, उनले भने । जनताले छाम्दा स्थानीय सरकार भेटाउने भएकाले उनीहरुले भोकै काम गर्न सक्ने अवस्था नभएको उनले बताए । ‘राष्ट्रिय गौरबका आयोजनाहरु निर्माण गर्ने, राष्ट्रिय नीति बनाउने, अन्तर्राष्ट्रिय क्षेत्रका कुरा जिम्मा लिने केन्द्र सरकार हो । हिजो भएका विकास निर्माणका कामहरुको जिम्मा लिने प्रदेश सरकार हो । जनतालमई सेवा दिने, दिनदिनै जनताको समस्या समाधान गर्ने स्थानीय सरकार हो । संविधानले यहि भनेको छ । स्थानीय सरकार जनताले छाम्दा भेटाउने सरकार हो । केन्द्र सरकार टेलिभिजनमा भेटिने सरकार हो । प्रदेश सरकार नजिकै छ भनेर भन्नलाई हो’, उनले भने, ‘स्थानीय तहका सरकारको काम धेरै हुन्छ । भोकै काममा खट्नुपर्छ भन्ने छैन् ।’ सांसद बेलमाया घलेले आदर्शका कुराहरुले मात्रै पेट भर्न नसकिने बताउनुभयो । स्थानीय तहका जन प्रतिनिधिले आदर्शका कुराहरु गरेर मात्रै पेट भर्न सक्छन् भने प्रदेश र केन्द्र सरकारका प्रतिनिधिहरुले पनि त्यही अनुसार गर्नुपर्ने उनले बताइन ।

उनले भनिन, ‘आदर्शकै कुरा गर्ने हो भने प्रदेश सरकारबाट गरौँ । कुनै पनि माननिय सदस्यहरुले कुनै सेवा सुविधा नलिऔँ । संघ र प्रदेश सरकारले लिने तर स्थानीय सरकारले नलिने यो कसरी न्याय भयो ?’ सांसद नरोत्तम वैद्यले जनप्रतिनिधिहरुलाई कर्मचारीहरु जस्तो गरी पारिश्रमिक, सहुलियत तथा दशैं खर्च नचाहिने उल्लेख गर्दै जीवन निर्वाह हुने सुविधा र सहुलियत हुनुपर्ने बताए ।

यसमा भेदभाव नगर्न पनि उनले आग्रह गरे । सांसद विराजभक्त श्रेष्ठले विधेयक ल्याउनु राम्रो कुरा भएपनि गल्तिहरु दोहो¥याउन नहुने बताए । सेवा सुविधा दिने कुरा राम्रो भएपनि के बाफत दिने भन्ने कुरा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने उनले बताए । स्थानीय तहका प्रतिनिधिहरु डोजर व्यवसायि भएर काम गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय तहहरुमा ठूलो बेथिति रहेको बताउनुभयो ।

सेवा सुविधाको व्याख्या गर्ने अधिकार भएपनि अनुगमनको विषयलाई पनि ब्याख्या गर्नुपर्ने उहाँले बताउनुभयो । अनुमगन नभए झन अराजकता हुने उनको भनाई छ । उनले भने, ‘स्थानीय तह बलियो भएन भने त संघीयमाथिको जनताको विश्वास उठ्छ । नियमन कसरी गर्ने ? सेवा सुविधा अनुसार काम भएको छ की छैन भनेर हेर्नुपर्छ ।’

सांसद पुकार महर्जनले संविधानमै समानताको कुरा उल्लेख भएपनि जनप्रतिनिधिले पाउने सेवा सुविधामा विभेद गर्न नहुने बताए । सामान्य सरसफाइ र मर्मत शीर्षकमा समेत कुनैलाई दिने कुनैलाई नदिने हिसाबले विभेद भएको उनले बताए । बैठक भत्ता दिने भन्ने भएपनि महिनामा कति पटक हुने भन्ने कुरा पनि उल्लेख हुनुपर्ने उनले बताए ।

सांसद रमेश पौडेलले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको अपब्याख्या भएको बताए । राज्यको ढुकुटीबाट पारिश्रमिक बाँडेको भनेर सर्वोच्चले आदेश दिएपनि अहिले नाम फेरेर सुविधा भनेर ल्याइएको भन्दै उहाँले नाम परिवर्तन गरेर रकम जति दिनपनि हुन्छ भनेको हो भन्दै प्रश्न गरे ।

विभिन्न १४ वटा शीर्षक मध्ये अनुमगन तथा समुन्वय भनेर दिइने रकमको बैधानिकतामा उनले प्रश्न उठाए । मासिक रुपमा प्रतिवेदन पेश गरेपछि रकम दिने भनिएकोमा यसले भ्रष्टाचारलाई बढावा दिने उहाँले बताए । छलफलका क्रममा उठेका प्रश्हरुको जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले पहिले पाइरहेको सेवा सुविधा भन्दा नघट्ने मिलाउने प्रयास भएको बताए ।

सबै प्रदेशहरुको मापदण्ड अध्ययन गरेर कानूनी र संसदमा पनि स्वीकार्य हुने तरिकाले संशोधन अगाडी बढाइएको उनले बताए । धेरै छलफल र अध्ययनपछि संशोधन विधेयक ल्याइएको उल्लेख गर्दै उहाँले आवश्यक कुराहरु समितिमा परिवर्तन गर्न सकिने बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top