आजका प्रमुख खबरहरुः
१.(बुद्धि फिर्याे कि ?)
एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पुर्पक्षका लागि झुम्का कारागार चलान /उच्च अदालत विराटनगरले आदेश दिएकै दिनदेखि फरार भएका गिरीद्वारा सुनसरी अदालतमा आत्मसमर्पण ।
२.(कोरोनाको असर)
कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने श्रम मन्त्रालयको तयारी / नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरुमा कोरोनाको संक्रमण बढिरहेकोले छलफल भइरहेको श्रम मन्त्रालयको भनाई ।
३.(सधै यस्तै रिपोर्ट आओस्)
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज अस्पतालमा भर्ना भएका चारै जनामा संक्रमण नभएको पुष्टि / २३ जना बिरामीलाई आइसोलेसनमा राखिएकोमा १९ जनामा भाइरस नभेटिएको पुष्टि
४.(सचेतना बढाऔं)
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई /नियमित रुपमा साबुन पानीले हात धुन र बालबालिका, वृद्धवृद्धामा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु¥याउन आग्रह ।
५.(माननीयमा आलोपालो)
दुई वर्षे कार्यकाल पूरा गरेका १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकियो /नवनिर्वाचित १९ जना नयाँ सांसदहरुले बुधबार सपथ ग्रहण गर्ने /राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले भोली अर्थमन्त्रीमा पुनः सपथ लिने ।
६.(शिक्षामा कोरोना सर्तकता)
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन शिक्षा मन्त्रालयको निर्देशन /आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन आग्रह ।
७.(जनमत नै उत्तम)
प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी / नाम र राजधानीका लागि फागुन २३ गते मतदान हुने ।
८.(जनप्रतिनिधीका सुविधा)
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै बाग्मती प्रदेशमा ऐन संशोधनको तयारी/जनप्रतिनिधिहरुले जीवन निर्वाह हुने सेवा सुविधा पाउने व्यवस्था गर्नुपर्ने माग ।
९.(निवर्तमान अघिको निर्देशन)
दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने निवर्तमान सञ्चारमन्त्री डा युवराज खतिवडाको भनाई / अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने र गुणस्तरिय बनाउन ध्यान आग्रह ।
१०.(कानुन कडा छ)
श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठायो /दश दिन अगाडि नै पासपोर्टसहित आवश्यक कागजात मागे पनि नबुझाएपछि नियन्त्रणमा ।
११.(फलाम भित्रको सुन)
काठमाडौंबाट वीरगन्ज जाँदै गरेको बसमा सवार भारतको कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिदको साथबाट ६ केजी अवैद्य सुन बरामद / मोटर पार्टसभित्र जडान हुने फलामको ब्यारिङभित्र फलाम काटेर हेर्दा सुन बरामद भएको प्रहरीको भनाई ।
१२.(अदालतको न्याय)
हेटौंडाकी ३९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जना पुर्पक्षका लागि थुनामा /हत्यामा संलग्न एलिशा पाख्रिनलाई जिल्ला अदालत मकवानपुरले १ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी तिर्न नसक्ने बताएपछि कारागार चलान ।
१३. (होली सुरु)
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइयो / वसन्त ऋतुको सुरुवातसँगै मनाइने होली पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै ।
१४.(एसिसी इस्टर्न क्रिकेट)
एसिसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा सिंगापुर र हङकङको लगातार दोस्रो जित /सिंगापुरद्वारा मलेसिया १२८ रनले पराजित हुदा हङकङद्वारा आयोजक थाइल्यान्ड ८ विकेटले पराजित /नेपालले बुधबार थाइल्यान्डसँग खेल्ने ।
र,
१५.(अझै ६ महिना ?)
विश्वभर कोरोना भाइरस संक्रमणको त्रास फैलिरहँदा कोरोनाको उपचारकालागि अबको ५/६ महिनामै औषधि उपलब्ध हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सको दावी / वर्षको अन्त्यसम्ममा संक्रमितहरुलाई राहत प्रदान गर्न सकिने दावी ।