×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

२० फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बुद्धि फिर्याे कि ?)
एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पुर्पक्षका लागि झुम्का कारागार चलान /उच्च अदालत विराटनगरले आदेश दिएकै दिनदेखि फरार भएका गिरीद्वारा सुनसरी अदालतमा आत्मसमर्पण ।

Advertisement
Advertisement

२.(कोरोनाको असर)
कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने श्रम मन्त्रालयको तयारी / नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरुमा कोरोनाको संक्रमण बढिरहेकोले छलफल भइरहेको श्रम मन्त्रालयको भनाई ।

३.(सधै यस्तै रिपोर्ट आओस्)
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज अस्पतालमा भर्ना भएका चारै जनामा संक्रमण नभएको पुष्टि / २३ जना बिरामीलाई आइसोलेसनमा राखिएकोमा १९ जनामा भाइरस नभेटिएको पुष्टि

४.(सचेतना बढाऔं)
नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई /नियमित रुपमा साबुन पानीले हात धुन र बालबालिका, वृद्धवृद्धामा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु¥याउन आग्रह ।

५.(माननीयमा आलोपालो)
दुई वर्षे कार्यकाल पूरा गरेका १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकियो /नवनिर्वाचित १९ जना नयाँ सांसदहरुले बुधबार सपथ ग्रहण गर्ने /राजीनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले भोली अर्थमन्त्रीमा पुनः सपथ लिने ।

६.(शिक्षामा कोरोना सर्तकता)
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन शिक्षा मन्त्रालयको निर्देशन /आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन आग्रह ।

७.(जनमत नै उत्तम)
प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी / नाम र राजधानीका लागि फागुन २३ गते मतदान हुने ।

८.(जनप्रतिनिधीका सुविधा)
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै बाग्मती प्रदेशमा ऐन संशोधनको तयारी/जनप्रतिनिधिहरुले जीवन निर्वाह हुने सेवा सुविधा पाउने व्यवस्था गर्नुपर्ने माग ।

९.(निवर्तमान अघिको निर्देशन)
दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने निवर्तमान सञ्चारमन्त्री डा युवराज खतिवडाको भनाई / अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने र गुणस्तरिय बनाउन ध्यान आग्रह ।

१०.(कानुन कडा छ)
श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठायो /दश दिन अगाडि नै पासपोर्टसहित आवश्यक कागजात मागे पनि नबुझाएपछि नियन्त्रणमा ।

११.(फलाम भित्रको सुन)
काठमाडौंबाट वीरगन्ज जाँदै गरेको बसमा सवार भारतको कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिदको साथबाट ६ केजी अवैद्य सुन बरामद / मोटर पार्टसभित्र जडान हुने फलामको ब्यारिङभित्र फलाम काटेर हेर्दा सुन बरामद भएको प्रहरीको भनाई ।

१२.(अदालतको न्याय)
हेटौंडाकी ३९ वर्षीया तेस्रोलिंगी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेका ५ जना पुर्पक्षका लागि थुनामा /हत्यामा संलग्न एलिशा पाख्रिनलाई जिल्ला अदालत मकवानपुरले १ लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी तिर्न नसक्ने बताएपछि कारागार चलान ।

१३. (होली सुरु)
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइयो / वसन्त ऋतुको सुरुवातसँगै मनाइने होली पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै ।

१४.(एसिसी इस्टर्न क्रिकेट)
एसिसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा सिंगापुर र हङकङको लगातार दोस्रो जित /सिंगापुरद्वारा मलेसिया १२८ रनले पराजित हुदा हङकङद्वारा आयोजक थाइल्यान्ड ८ विकेटले पराजित /नेपालले बुधबार थाइल्यान्डसँग खेल्ने ।

Advertisement

र,
१५.(अझै ६ महिना ?)
विश्वभर कोरोना भाइरस संक्रमणको त्रास फैलिरहँदा कोरोनाको उपचारकालागि अबको ५/६ महिनामै औषधि उपलब्ध हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सको दावी / वर्षको अन्त्यसम्ममा संक्रमितहरुलाई राहत प्रदान गर्न सकिने दावी ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top