×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

राष्ट्रियसभाका अध्यक्षले गरे विदाई भएका सांसदहरुको सफलताको कामना

२० फाल्गुन २०७६

२० फागुन, काठमाडौँ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुको उच्च राजनीतिक सफलता र प्रगतिको कामना गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मंगलबार राती देखि २ बर्षे कार्यकाल सकेर विदाई हुदै गरेका राष्ट्रियसभाका सदस्यहरुलाई उच्च राजनीतिक सफलताको शुभकामना दिएका हुन् ।

दुई बर्षको अवधिमा राष्ट्रियसभाबाट भएका कामहरुको संक्षिप्त जानकारी दिदै राष्ट्रियसभाबाट सम्पादित भएका कामका लागि सदस्यहरुले गरेको सहयोगको उहाँले उच्च प्रशंम्सा गरे । उनले भने “दुई बर्षको यो अवधिमा राष्ट्रियसभाको गरिमा उच्च बनाउन सभाको प्रभावकारीताको लागि यहाँहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ । राष्ट्रियसभाको महत्व र औचित्य पुष्टि गर्न माननीय सदस्यहरुको भूमिका सदा स्मरणीय रहनेछ । सभा सञ्चालनको लागि माननीयहरुको सहयोग र समझदारीको म उच्च प्रसंम्सा गर्दछु । म कार्यकाल पूरा गरि जान लाग्नुभएका माननीयहरुको उच्च राजनीतिक सफलता र प्रगतीको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । भविश्यमा अहिलेको भन्दा महत्वपुर्ण माथिल्ला जिम्मेवारी प्राप्त गर्न सफल हुनुहोस् हार्दिक शुभेच्छा छ ।”

Advertisement
Advertisement

त्यसैगरी संसदीय दलका नेताहरुले पनि विदाई हुदै गरेका सांसदहरुले निर्वाह गरेको भूमिकाको प्रसंम्सा गर्दे आगामी दिन थप सफल बनोस् भन्ने कामना गरेका छन् । राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले समय र संविधान अनुसार राष्ट्रियसभा सदस्यबाट विदाई हुने सम्पुर्ण सदस्यहरुलाई सुखद र सफल भविश्यको कामना गरे । सहमति र सहकार्यको संस्कृति विकास गराउने सवालमा विदाई भएर जादै गरेका सांसदहरुको भूमिका ज्यादै ठूलो रहेको भन्दै आगामी दिनको सफलताको शुभकामना दिए ।उनले भने “तपाईहरुलाई विदा गरेको होइन काजमा पठाएको हो । यो राष्ट्रियसभाको शुभकामना शुभआशिष लिएर गएर त्यो काम पुरा गरेर फेरि पनि आउनु हुनेछ । ”

संविधानको मर्म र भावना अनुसार मुलुकको समुन्नत विकास गर्ने सवालमा सत्तापक्ष प्रतिपक्षी सबै एक ठाउमा रहेको उल्लेख गर्दे उनले राष्ट्रिय सभालाई सफल बनाउन प्रतिपक्षी दलबाट निकै ठूलो भूमिका निर्वाह गरेको बताए । राष्ट्र निर्माणको अभियान र संकल्पमा एक ढिक्का भएर अघि बढ्न नि उनले आग्रह गरे । “हामीले संकल्प गरेका छौं । हाम्रो संविधानले संकल्प गरेको छ । हाम्रो राष्ट्रको समृद्ध नेपाल सुखी नेपाली भन्ने संकल्प छ । त्यो पूरा गर्नका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एकठाउँमा छौं । संविधानलाई कार्यान्वयन गर्न संविधानको मर्म र भावनाहरुलाई सफल बनाउनको लागि हाम्रो साझा दस्तावेज बोकेर अगाडि बढेको सन्दर्भमा हामी एक ठाउँमा छौं । यो राष्ट्रिय सभालाई सफल बनाउनको लागि प्रतिपक्षबाट एकदमै महत्वपूर्ण भुमिका खेल्यो । हामीले एउटा संस्कार र संस्कृतिको विकास गरेका छौं । अध्यक्ष महोदय, त्यो संस्कार र संस्कृति भनेको सहमति र सहकार्यको संस्कृति हो । हामीले सबै काम सहमति र सहकार्यको संस्कृतिको विकास गरेर लैजानको लागि राष्ट्रिय सभाको उच्च गौरवमय आदर्श कायम गर्न सफल भएका छौं । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण प्रश्न हो । यो सफलता प्राप्त गर्नको लागि केवल हामी मात्रै होइन आज तपाईहरु जो विदा भएर जाँदै हुनुहुन्छ तपाइहरुको भूमिका महत्वपूर्ण रहयो म त्यसका लागि हार्दिक धन्यवाद दिनचाहन्छु । तपाईहरुको भूमिकाले नै हामी यो सहमति र सहकार्यको संस्कृति विकास गरेर आगामी दिनमा पनि यो संस्कृतिलाई समृद्ध गर्न निरन्तर रुपमा लाग्ने हाम्रो अठोट प्रतिवद्धता सहित हामी अगाडि बढ्ने छौं यो विश्वास दिन चाहन्छु । ” उनले राजनीति गर्ने ठाउँमा प्रतिस्पर्धा भएपनि राष्ट्रनिर्माणको संकल्पमा एक ढिक्का भएर अगाडी बढ्ने संकल्प गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीको सफल म्रिगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरे । उनले कोरोना भाईरसबाट बच्चका लागि अपनाउनुपर्ने सर्तकता अपनाउदै जनतालाई चेतना फैलाउने काममा पनि महत्वपूर्ण भूमिका रहने विश्वास आफुले लिएको बताए ।

विदाई हुदै गरेका राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डेले विभिन्न विवादास्पद विधेयकहरुलाई परिमार्जन गरि सबैले अपनत्व ग्रहण गर्ने गरि पास गर्ने काम भएको स्मरण गर्दे अध्यक्षको समन्वयकारी भूमिकाको प्रशंसा गरे । सदनभित्र प्रतिपक्षी र सत्तापक्षबीच हुन सक्ने द्धन्द्धको आकलन गरि समन्वयकारी भूमिका निर्वाह गरेकोमा उनले सभाध्यक्षलाई आभार प्रकट गर्दै त्यस किसिमको नेतृत्व पाउनु राष्ट्रियसभाका लागि पनि खुसीको कुरा भएको बताए । उनले सत्ता परिर्वतन तथा व्यवस्था नै परिर्वतन भएपनि जनताले परिर्वतनको महसुस गर्न नसकेको र निरास बन्दै गएको तर्फ संवेदनशील हुन सत्तापक्षलाई आग्रह गरे । उनले भने “हिजो नेताको आदेशमा मर्न र मार्न तयार हुने कार्यकर्ता आज त्यही नेताप्रति आक्रोशित छ । तिरस्कारको दृष्टिले हेरिरहेको छ । त्यही नेता प्रति कुण्ठा पालेर बसिरहेको छ । आखिर हामी आफ्नै कार्यकर्तालाई सन्तुष्ठ पार्न सकिरहेका छैनौ ? किन जनतालाई निरासातर्फ धकेलिरहेका छौ ?” उनले जनताको मन जित्ने काम गरेर आशाको बाटोमा डोर्याउन उनले आग्रह गरे । उनले भने “मेरो चिन्ता यति मात्रै हो । यो व्यवस्था र प्रजातन्त्रका लागि हाम्रा पुस्ताले उर्वर जवानीका दिनहरु समाप्त पारेर अगाडि बढ्नु पर्यो । फेरि आउने पुस्ताले पनि फेरी मुलुकको प्रजातन्त्रका लागि, सम्मृद्ध मुलुक निर्माण गर्नका लागि आफ्ना जवानीका दिनहरु खर्चन नपरोस् । ” उनले कोही व्यक्ति विशेषका लागि संविधान नै परिर्वतन गर्ने काम भए जनता फेरी आक्रोशित हुन सक्ने र मुलुक फेरी द्धन्द्धमा फस्न सक्ने भन्दै त्यस तर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराए । उनले समाज निरासामा धकेलिदै गयो भने मुलुक सम्मृद्ध हुन नसक्ने भएकाले जनताको विश्वास जित्ने बाटोमा हिड्न सरकारलाई सुझाव दिए । उनले सभाअध्यक्ष, समिति सभापतिहरु, संसद सचिवालयका कर्मचारी, मर्यादापालक लगायत सबैलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गरे ।

राजपाका वृषेशचन्द्र लालले संघीय संरचना र अभ्यासलाई राम्रो र मजबुत बनाउने विषयमा सत्तापक्ष र विपक्षीदलबीच छलफल आवश्यक रहेको बताए । संघीयता सबल बनाउने सवालमा सत्तापक्ष र विपक्षीको नजरबाट हेर्ने र बहस गर्ने काम आगामी दिनमा नहोस् भन्ने कामना गर्नुभयो । राष्ट्रियसभाले २ बर्षको अवधीमा जनताको विषयलाई उठाउने काम गरेको पनि उनले उल्लेख गरे । राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संसोधनको तयारी भईरहेको सन्र्दभ उल्लेख गर्दै उनले संविधान संसोधन गर्दा सत्तापक्ष र विपक्षी दल सबैसंग छलफल गरेर मात्रै निर्णयमा पुग्न सुझाव दिए । संविधानलाई अझै स्वीकार्य बनाउनका लागि आफ्नो दलले सुरुवाती समय देखि नै संविधान संसोधनको कुरा उठाउदै आएको र प्रदेशको जनसंख्याको आधारमा राष्ट्रियसभामा सिट संख्या निर्धारण हुनुपर्छ भन्ने माग गर्दे आएको स्मरण गर्दै उनले कसैको महत्वकांक्षा पूरा गर्नका लागि मात्रै संविधान संसोधनलाई हतियारको रुपमा प्रयोग नगर्न चेतावनी दिए । उनले भने “संविधान संसोधनलाई कुनै महत्वकांक्षा र कुनै खास कुराका लागि हतियारको रुपमा प्रयोग गर्न थालियो भने संविधान नमान्ने संख्या नै दिनानुदिन बढ्दै जान्छ । ”

Advertisement

समाजवादी पार्टीकी प्रमिला कुमारी ले विदाई भएर जादै गरेका सांसदहरुलाई उहाँहरुको योगदान अविश्मरणीय रहने भन्दै आगामी दिनको सफलताको शुुभकामना दिइन् । राष्ट्रियसभाको अर्को बैठक बुधबार सवा १२ बजेका लागि बोलाईएको छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top