×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

ब्याजदर कटौतीको आशमा बढ्यो सुनको भाउ

२१ फाल्गुन २०७६

२१ फागुन, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ढलरसम्मको उच्च बिन्दुमा पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार ५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ४७ प्रतिशत बढी १ हजार ५९९ डलर ७३ सेन्टमा पुगेको थियो । सोही अवधिमा यूएस गोल्ड फ्यूचर्स पनि प्रतिऔंस १ हजार ५९४ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो ।

प्राविधिक रुपमा स्पट गोल्डले प्रतिऔंस १ हजार ६३१ डलर सम्म जान सक्ने र यसले १ हजार ५८४ मा टेवा पाउने रोयटर्सका प्रविधि विश्लेषक वाङ ताओले बताएका छन् । भाइरसको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन ब्याजदर कटौती गरिने हालैका दिनमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष जेरोम पावेल र युरोपेली केन्द्रीय बैंक (इसीबी) अध्यक्ष क्रिस्टियन लागार्दले संकेत दिएका थिए । कोरोना भाइरसका कारण केन्द्रीय बैंकहरु ब्याजदर कटौतीको हतारमा रहेको र यसले सुनको भाउलाई टेवा दिइरहेको एसएमसी कोमट्रेडमा कमोडिटी रिसर्चका सहायक उपाध्यक्ष बन्दना भारतीले बताइन् ।

यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेका छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top