२१ फागुन, एजेन्सी ।
स्पेनमा कोरोना भाइरस (कोभिड–१९) का कारण एकजनाको मृत्यु भएको छ ।
स्पेनमा कोरोनाका कारण भएको यो पहिलो मृत्यु हो । कोरोनाका कारण मृत्यु हुने व्यक्ति केही समयअघि नेपालबाट फर्किएका थिए । बेलायती पत्रिका डेली मेलका अनुसार ती व्यक्तिको गएको फेब्रुअरी १३ मा भ्यालेन्सियाको सिटी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य अधिकारीले गरेको अनुसन्धानबाट ती व्यक्तिको मृत्युको कारण कोरोना भाइरस रहेको खुलेको हो । ती व्यक्ति नेपालको भ्रमण गरी फर्किएका थिए । उनी निमोनियाका देखिएको भन्दै अस्पताल गएका थिए।
नेपालमा कोरोनाको संक्रमण नदेखिएको बताइए पनि नेपालको भ्रमण गरेर गएका स्पेनिस नागरिकको मृत्युको कारण कोरोना भाइरस रहेको खुलेको हो । मृत्यु भएका व्यक्तिको विस्तृत विवरण भने दिइएको छैन ।
