लागुऔषध सहित ६ जना झापाबाट पक्राउ

२१ फागुन, झापा । झापा अर्जुनधारा-११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द-३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ यसै गरी झापा अर्जुनधारा-६ का १८ बर्षीय रोशन गुरुङ र ईलाम तेनपा-२ का २० बर्षीय सन्तोष तामाङ रहेका छन् ।

बिशेष सुराका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा फेला पारी मानिस सहितलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top