×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

मास्क र औषधीमा कालोबजारी गर्नेलाई जेल हालौंः सांसद

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौं । सांसद गगन थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका छन् ।

प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको उनले आपत्ती जनाए । उनले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधी लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधीमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गरे ।

Advertisement
Advertisement

उनले भने “मास्क लुकाउने, औषधी लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुहोस् । भएका मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ।”

त्यसैगरी सासद राजेन्द्रकुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उनले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे ।

पुर्ण परनिर्भर भएको अवस्थामा भयावह संक्रमणसंग लड्नका लागि समयमै सर्तकता अपनाउन नसके मुलुकको अवस्था अत्यन्तै भयावह हुने भएकाले पुर्व तयारीमा ध्यान दिन आग्रह गरे । सरकारले एक महिनाका लागि भोजभतेर, सभा सम्मेलनमा पुर्णरुपमा नै रोक लगाई कठोर ढंगले पेश हुनुपर्ने बताए ।

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे । कोरोना संक्रमणको त्रासले बजारमा औषधी , मास्क र सेनिटाईजर संगै दैनीक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । साथै उनले आवश्यक तयारीबारे जानकारी गराउदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गरे ।

Advertisement

सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा “विश्व स्वास्थय संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ , अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने उल्लेख छ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top