×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

२८ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(गोकुल लक्षित बम)
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा रिमोट कन्ट्रोल प्रेसर कुकर बम विस्फोट /विस्फोटबाट घरको कम्पाउण्ड, झ्याल, छिमेकीको घर र एउटा भ्यानमा क्षति /घटनास्थलमा विप्लव समूहको पर्चा फेला पर्याे ।

Advertisement
Advertisement

२.(अध्यक्षको अनुरोध)
पूर्वमन्त्री बाँस्कोटाको निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा घटनाबारे निन्दा /घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न अनुरोध ।

३.(संग्रौलालाई स्वास्थ्यलाभ)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाद्वारा डिस्चार्जसँगै प्रधानमन्त्री ओलीसँग भेट/ त्रिवि शिक्षण अस्पतालका अनुसार सर्जनले सहमतिदिए प्रधानमन्त्रीको समेत आजभोलि नै डिस्चार्ज हुनसक्ने ।

४.(कोरोनाको सावधानी)
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ४० जना चिनियाँ कामदारहरु चीनबाट पोखरा आएपछि सेल्फ क्वारेन्टाईनमा बस्दै /चीन र नेपालको विमानस्थलमा स्वास्थ्य परीक्षण भएपनि कुनै खतरा नहोस् भनेर क्वारेन्टाइनमा राखिएको नागरिक उड्डयन कार्यालयको भनाई ।

५.(सहयोगकालागि धन्यवाद)
चीनका विदेशमन्त्री वाङ यीद्वारा कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग र्पुयाएकोमा नेपाली समकक्षी प्रदीप ज्ञवालीलाई टेलिफोन गरी धन्यवाद ब्यक्त/ कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि नेपालले चालेको कदमको प्रशंसा ।

६.(कस्ता दिन आए)
अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङद्वारा पक्राउ गरी सार्वजनिक/ अपहरणको नाटक गरी आफ्नै परिवारसंग ३० लाख रूपैया फिरौती मागेको खुलासा ।

७.(अभियान नमोडियोस्)
पूर्वडीआईजी रमेश खरेलले बिहीबार नयाँ अभियानको थालनी गर्ने /खरेलले ’हाम्रो नेपाल, सुशासन अभियान’ को बिहीबार दिउँसो त्रिपुरेश्वरमा औपचारिक घोषणा गर्ने सामाजिक सञ्जालमा उल्लेख ।

८.(पठाओको बाटो)
‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नयाँ निर्णय गरेर अघि बढ्ने सरकारको तयारी /नीतिगत कानूनी कुराहरुलाई व्यवस्थित गर्दे व्यवहारमा रुपान्तरण गर्ने दायित्व सरकारले बोकेकाले सधैको लागि सबैको समस्या समाधान हुने गरि व्यवस्थापन गरिने यातायात मन्त्री बसन्त नेम्वाङ्गको आश्वासन ।

९.(कसम नतोडियोस्)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाद्वारा गीतामा हात राखेर पार्टी नफुटाउने र फुट्न नदिने कसम/ पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको भन्दै फेरी कहिले नफुट्ने र नअलग्गीने थापाको संकल्प ।

१०.(लहड्मा लोहनी)
अहिलेको सरकार प्रतिगमनतिर गएको राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीको आरोप / हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको उल्लेख ।

११.(बीमाका कुरा)
बिमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नकालागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /बीमालाई धनी र गरिबको आँखाले नहेर्न आग्रह ।

१२.(उजुरी गर्नुस्)
चीनकालागि प्रस्तावित राजदूत महेन्द ्रबहादुर पाण्डेविरुद्ध संसदीय सुनुवाई विशेष समितिद्वारा उजुरी आह्वान/ पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना निकाल्न निर्देशन ।

१३.(लुम्बिनीलाई बुझौं)
स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढ्न आग्रह ।

१४.(चम्कियो पुलिस)
साविकविजेता रुस्लान थ्री स्टारलाई ३–० ले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा /उपाधिकालागि पुलिसले मनाङ मर्स्याङ्दी र आर्मीको विजेतासँग खेल्ने ।

Advertisement

र,
१५.(मृतक बढ्दै)
कोभिड–१९ को संक्रमणबाट बुधबार दिउँसोसम्म विश्वभरमा ४३ सयको मृत्यु /एक लाख १९ हजार २ सय ४५ जनामा संक्रमण देखिएकामा ६६ हजार पाँच सय ७८ जना घर फर्किए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top