×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

अब गुराँस मासे कारबाही

२९ फाल्गुन २०७६

२९ फागुन, बागलुङ ।
घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ ।

गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ, घुम्टे र गुराँस एक अर्काका पर्याय हुन् । गलकोटस्थित घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् । गुराँस संरक्षणमा जुटेका छन् ।

Advertisement
Advertisement

गुराँस मासे जोकोहीलाई कारबाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । “हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ”, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भने ।

घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उनको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए ।

शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए । “विसं २०७० देखि नै गुराँस संरक्षणको प्रयास अगाडि बढाइएको हो”, उनले भने, “सामुदायिक वनसँगको सहकार्यमा हामीले पनि काम गरिरहेका छौँ ।”

केन्द्रको पहलमा गत वर्षायाममा घुम्टे जाने पदमार्ग छेउछाउमा १५० गुराँसका बिरुवा रोपिएको उनको भनाइ छ ।

केन्द्रले गुराँसको बोटबिरुवा मासेको कहीँकतै भेटिए वन ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सामुदायिक वनलाई आग्रह गरेको छ । गुराँसको घना जङ्गल भने घुम्टेको राष्ट्रिय वन क्षेत्रमा छ । यसअघि पशुचौपायाको खुला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कनै समस्या थियो ।

गुराँस संरक्षण अभियान चलेपछि स्वःस्फूर्तरुपमा काठ–दाउरा कटान र चरन रोकिएको स्थानीयवासी बताउँछन् । गुराँस बलियो काठ भएकाले फर्निचर, ठेकाठेकी, दाउरा र जडीबुटीजन्य औषधि बनाउनसमेत प्रयोग हुँदै आएको थियो ।

गलकोट नगरपालिका–५ टेउवादेखि शुरु हुने पदमार्गमा हिँडेदेखि नै गुराँसका बोट भेटिन थाल्छन् । जतिमाथि चढ्यो उति बाक्लो गुराँसे जङ्गल पुगिन्छ । भीमकाय रुखदेखि ससाना बोटमा ढकमक्क फुलेको गुराँसले पर्यटकलाई मोहित पार्छ ।

“ठ्याक्कै वैज्ञानिक अध्ययन त भएको छैन, तर घुम्टेमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ”, सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष राज थापाले भने, “पर्यटक लोभ्याउने गुराँसको संरक्षणमा सबैको साथ चाहिन्छ ।”

सामुदायिक वन र पर्यटन विकास केन्द्रले गुराँसको बोट संरक्षण गर्ने, नयाँ बिरुवा रोप्ने र गुराँसको महत्वबारे जनचेतना बढाउने कामसमेत गर्दै आएका छन् ।

कतिपयले जिल्लामा गुराँसको सबैभन्दा ठूलो वन क्षेत्र घुम्टेमै रहेको जिकिर गर्छन् । गुराँस फुल्ने याममा घुम्टे चढ्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुन्छ । पर्यटन विकास केन्द्रले विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमै ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ ।

घुम्टेको पर्यटन प्रवद्र्धन र गुराँस संरक्षणको लागि उत्सव आयोजना गर्ने गरिएको केन्द्रका अध्यक्ष बस्नेतले बताए । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय गुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

Advertisement
Advertisement

गुराँस उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तलन, ‘क्याम्प फायर’लगायतका कार्यक्रम गरिन्छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।(रासस)

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top